युवराज सिंहले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

जेठ २७, २०७६

एजेन्सी- भारतीय क्रिकेटर युवराज सिंहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । 

सोमवार मुम्बईस्थित एक होटलमा पत्रकार सम्मेलन गरी उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । 


ADVERTISEMENT

सन् २०११ मा भारतलाई विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए । 

युवराजले यसैवर्ष आईपीएलमा मुम्बई इन्डियन्सबाट खेले । तर उनले खासै मौका पाएनन् । सम्भवत: यसै कारण उनले आफ्नो भविष्यको योजनाबारे गम्भीरतापूर्वक लिएका हुन सक्छन् । 

सन् २००० मा डेब्यू गरेका युवराजले २०१७ को जुनदेखि एउटा पनि अन्तर्राष्ट्रिय म्याच खेलेका छैनन् । 

युवराजले ३०४ वान-डे, ४० टेस्ट र ५८ टी- ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस