घरमा प्रेम, सुख, शान्ति छैन ? त्यसो भए भित्ते घडीलाई यो दिशामा राख्नुस्

जेठ २७, २०७६

काठमाडौँ - हामी सबैको घरमा भित्ते घडी हुन्छ । घडीलाई हामी अक्सर गरेर त्यही ठाउँमा राख्छौं जहाँ हामीलाई हेर्न सजिलो होस् । तर घडी राख्दा हामीले हेर्न सजिलो हुनेबाहेक अन्य कुरामा ध्यान दिँदैनौं । वास्तु शास्त्र अनुसार घरमा सुख, शान्ति र समृद्धि ल्याउन घडीलाई सही दिशामा राख्न जरुरी छ ।

वास्तु शास्त्रका अनुसार गलत दिशामा घडी राख्दा स्वास्थ्य खराब हुनुका साथै नकारात्मक उर्जासमेत आउने गर्दछ । यसले घरको स्वास्थ्यमा समेत खराब असर पार्न सक्छ ।


ADVERTISEMENT

यहाँ हामीले घडीलाई कुन दिशातर्फ लगाउँदा घरमा सुख, शान्ति र समृद्धि आउँछ त्यो बताउनेछौं ।

घरमा खुशी र प्रगति चाहिएको हो भने पूर्व दिशामा घडी लगाउनुपर्छ । पूर्व दिशामा राखेको घडी एकदम शुभ मानिन्छ । वास्तु शास्त्रका अनुसार घडीलाई दक्षिण दिशामा राख्नु हुँदैन, यदि राखियो भने अशुभ हुन्छ र स्वास्थ्यमा पनि नकारात्मक असर देखिन शुरू गर्छ ।

वास्तु शास्त्रका अनुसार घरको मेन गेटमा घडी राख्नु हुँदैन । यो ठाउँमा राखिएको घडीले नकारात्मक उर्जा प्रवाह गर्छ । जसका कारण घरमा बस्ने परिवारका सदस्यको खुशीमा खराब नजर पर्छ ।

घरमा खुसी भित्र्याउने हो भने पेन्डुलमवाला घडी राख्नु हुँदैन । यससँगै सधैं ध्यान दिनुपर्छ कि घडी कहिल्यै पनि बन्द नहोस् । घडीमा धुलो लाग्यो भने पनि अशुभ हुन्छ ।

घरमा बन्द रहेको घडी राख्नु हुँदैन । वास्तु शास्त्रका अनुसार घरमा बन्द भएको घडी राख्दा मान्छे पछि पर्छ र समय मान्छे भन्दा धेरै अगाडि पुगेको हुन्छ ।

घरमा सुन्तला रंगको घडी राख्ने हो भने नकारात्मक उर्जा आउँछ ।

घडीलाई लिभिङ रूममा चारकुने आकारमा राख्नुपर्छ । यसबाट  घरमा शान्ति र प्रेम बनिरहन्छ ।

 

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस