राष्ट्रिय पुरुष भलिबलको उपाधि आर्मीलाई

जेठ २७, २०७६

काठमाडौं – प्रधानसेनापति चौथो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । 

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकूद केन्द्रमा सोमवार सम्पन्न भएको फाइनल खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–१ सेटले पराजित गर्दै उपाधि हात पारेको हो । 


ADVERTISEMENT

आर्मीले लगातार चौथो उपाधि जितेको हो । नेपाली सेनाको आयोजनामा भएको प्रतियोगितामा आर्मीले गण्डकीलाई १६–२५, २५–८, २५–१० र २५–१६ अंकले हराएको हो ।

उपाधिसहित आर्मीले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । उपविजेता गण्डकीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । प्रतियोगितामा तेस्रो भएको  पुलिस क्लबले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।

विजयी खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतले पुरस्कार प्रदान गरे । यही जेठ १९ गतेदेखि लिग कम नकआउटका आधारमा शुरू भएको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहभागी थिए ।

जेठ २७, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस