असोज ३, २०८०
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
जेठ २८, २०७६
काठमाडौं – ३५ वर्षअघि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी मसालमा शुरूदेखि नै महामन्त्रीको जिम्मेवारी मोहनविक्रम सिंहले निभाइरहेका छन् । धेरैपटक पार्टी विभाजन भयो तर मसालका महामन्त्री उस्तै रहे । उमेरले ८४ पुगेर ८५ लागेका सिंह वैचारिक हिसाबले अझै तन्नेरी छन् ।
सिंहले अर्थशास्त्रमा एमए गरेका छन् भने आफ्नो राजनीतिक जीवन भने २००७ सालमा कांग्रेसबाट शुरू भएको थियो । उनी २०१० सालमा कम्युनिस्ट पार्टीको सदस्य भएका हुन् । राजनीति, दर्शनशास्त्र, इतिहास, साहित्यजस्ता धेरै विधामा २ दर्जनभन्दा बढी पुस्तक लेखेका सिंह कम्युनिस्ट राजनीतिको वैचारिक र दार्शनिक पक्षमा धाराप्रवाह बोल्न सक्छन् ।
सिंहको पार्टी मसालले कहिले संसदीय निर्वाचन बहिष्कार गर्छ भने कहिले निर्वाचनमा सहभागी हुने गरेको छ । पार्टी भूमिगत छ, आफूलाई चाहिँ अर्धभूमिगत भन्न रुचाउँछन् सिंह । मसाल भूमिगत भएपनि जनमोर्चाको नाममा वैधानिक मोर्चा भने खुला छ । सिंहले कम्युनिस्ट पार्टीको सदस्यता वितरण गरेका कतिपय नेताहरू मन्त्री, प्रधानमन्त्री भइसकेका छन् । सिंहलाई राजनीतिक गुरू मान्नेहरू नेपालको राजनीतिमा धेरै छन् ।
१ साताअघि राजधानीमै भूमिगत रूपमा मसालको आठौं महाधिवेशन सम्पन्न भयो । सिंह पुनः ५ वर्षका लागि महामन्त्रीमा चुनियो । गत जेठ १६ बाट शुरू भएको महाधिवेशन करीब १ हप्तासम्म लम्बिएको थियो । महाधिवेशनमा देशभरबाट ५ सयभन्दा बढी पर्यवेक्षक थिए भने राजनीतिक प्रतिवेदन, न्यूनतम कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव, विधानसम्बन्धी संशोधन प्रस्ताव, संगठनात्मक प्रस्ताव र जाति, संस्कृति र धर्मसम्बन्धी प्रस्ताव पारित भएका छन् ।
हामीले मसालका महामन्त्री सिंहलाई आजको खुला समाजमा पनि भूमिगत रूपमा पार्टी चलाउनुको सान्दर्भिकता के हो भनेर सोधेका थियौं । प्रस्तुत छ – लोकान्तरकर्मी ईश्वर अर्यालले सिंहसँग गरेको कुराकानीको सम्पादित अंश :-
दुईतिहाइको कम्युनिस्ट सरकारले गरेको कामकारवाहीको सन्दर्भमा यहाँको धारणा के छ ?
– अहिलेको दुईतिहाइको कम्युनिस्ट सरकार होइन । माक्र्सवादी सिद्धान्त विपरीतका २ पार्टीहरू मिलेर बनेको सरकार कम्युनिस्ट नै होइन भन्नेमा मेरो स्पष्ट धारणा छ ।
सरकारको सकारात्मक र नकारात्मक पक्षहरू के–के हुन् त ?
– सरकार र सत्तारूढ पार्टीका बारेमा एउटा चिज के सकारात्मक छ भने यिनीहरूले गणतन्त्रको पक्ष लिइरहेका छन् । जसरी अन्य राप्रपा लगायतका शक्तिहरू राजतन्त्रको वकालत गरेका छन्, यिनीहरू त्यसको विरुद्धमा देखिन्छन् । त्यसैले यसलाई सकारात्मक भन्न सकिन्छ ।
नकारात्मक कुरा के हो भने यिनीहरूले समाजवादी नीतिको पनि कुरा गरेका छन्, त्यो पनि सकारात्मक त हो, तर लागू भने गरेका छैनन् । यिनीहरूको सम्पूर्ण नीति पूँजीवाद उन्मुख छ । सरकारको काम हेर्ने हो भने दिनानुदिन असफल हुँदै गइरहेकोजस्तो देखिन्छ । जनअपेक्षा पूरा गर्ने सवालमा सरकार चुकेको छ । नयाँ नयाँ भ्रष्टाचार काण्डहरू सतहमा आइरहेको देखिन्छ ।
गणतन्त्रको पक्षमा देखिन्छन् तर यिनैले गणतन्त्र असफल बनाउन लागिपरेका छन् । अहिले प्रतिगामी शक्तिहरूले गणतन्त्रमाथि हमला गरिरहेका छन्, सरकारको कार्यशैली पनि गणतन्त्र विरोधी देखिन्छ । जनताले यस्तो प्रकारको गणतन्त्र खोजेका थिएनन् । सरकारको यसप्रकारको कार्यशैलीलाई हामीले गलत भनेका छौं र विरोध गर्छाैं ।
आजको यो खुला समाजमा पनि तपाईंहरू भूमिगत भन्दै हिँड्नुहुन्छ । भूमिगत रूपमा पार्र्टी चलाउनुको सान्दर्भिकता के हो ?
– हाम्रो पार्टी भूमिगत छ तर पार्टीको वैधानिक मोर्चा खुला छ । हाम्रो कार्यक्रम संसदीय राजनीति मात्र होइन । हामी नयाँ जनवाद, समाजवादजस्ता दीर्घकालीन कार्यक्रममा पनि पुग्नु छ । हामी यो संसदीय राजनीतिमा पूरा खुला भयौं भने हामी पनि त्यसैको दलदलमा फँस्ने डर हुन्छ र हामीले तय गरेका कार्यक्रमहरू पूरा गर्न सक्दैनौं । त्यसैले मूलभूत रूपमा हामीले हाम्रो पार्टी भूमिगत बनाएका छौं र म पार्टीको महामन्त्रीको हैसियतले अर्धभूमिगत रहेको अवस्थामा छु ।
सुरक्षा खतराका कारण तपाईंहरू भूमिगत हुनुभएको त होइन नि ?
– त्यो होइन ।
तपाईंमाथि पार्टी कब्जा गरेको आरोप लागेको छ, विगत ४५ वर्षदेखि निरन्तर एउटी पार्टीको महामन्त्री हुनुभएको छ । तपाईंको पार्टीमा नेतृत्वको उत्तराधिकारी नै नभएका हुन् ?
– नेतृत्वको उत्तराधिकारी बनाउने कुरालाई हामी गलत मान्छौं । किनभने जहिलेसम्म मैले काम गर्न सक्छु, त्यही आधारमा पार्टीले मलाई विश्वास गर्छ । त्यही आधारमा मैले आफ्नो जिम्मेवारी निभाउने कुरा भयो । यदि मैले काम गर्न नसक्ने भएँ वा म अशक्त भएँ, पार्टीले मलाई महामन्त्रीका लागि योग्य ठानेन भने अर्काे मान्छे आउँछ । हामीले पार्टीमा छलफल गर्छाैं र नेतृत्व दिन्छौं । म पछि को भन्ने हाम्रो पार्टीमा हुँदैन ।
तपाईंको पार्टीको संघीयताप्रति पछिल्लो दृष्टिकोण के हो ?
– संघीयतालाई हामीले पहिल्यैदेखि विरोध गर्दै आएका छौं । हाम्रो महाधिवेशनले पनि संघीयतालाई गलत ठानेको छ । हामीले यसलाई लगातार रूपमा विरोध गरिरहेका छौं र गर्नेछौं । संघीयताले जातीय सद्भाव बिग्रेको छ, राष्ट्रियता खतरामा पर्दै गइरहेको छ । प्रदेश सरकार सञ्चालन गर्न ठूलो धनराशी खर्च भइरहेको छ । जनतामाथि कर थोपरिएको छ । गाउँपालिकाको बजेट कम भएको छ । वास्तवमा सिधै गाउँपालिकाहरूलाई अधिकारसम्पन्न गराउनुपर्ने हो । यसकारण हामीले यसको सधैं खबरदारी गर्छाैं । संघीयता खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो ।
कम्युनिस्टहरू त जनतालाई स्वायत्त अधिकारसम्पन्न बनाउने कुरामा विश्वास गर्छन् नि ! संघीयताको किन विरोध ?
– हामीले भनेका छौं, गाउँपालिकालाई बजेट र अधिकार दिउँ, अहिलेको भन्दा बढी अधिकार हुनुपर्छ । बीचमा स्वायत्तताका नाममा यी प्रदेशहरू काम छैनन् । यिनीहरूले जनतामाथि कर थोपर्ने काम मात्र गरिरहेका छन् । राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षाका लागि प्रदेशहरू चाहिँदैनन् ।
महाधिवेशन सकियो, अब जनताका बीचमा कस्तो खालको कार्यक्रम लिएर जानुहुन्छ ?
– महाधिवेशनपछिका प्राविधिक कामहरू गर्न बाँकी छ । विधि, विधान र दस्तावेज प्रकाशित गर्नुपर्नेछ । त्यसपछि हामी जनतासँग कस्तो कार्यक्रम लिएर जाने भन्ने विषयमा छलफल हुन्छ ।
आमरूपमा तपाईंका शिष्यहरू भनेर चिनिने सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैसँग तपाईंको कस्तो सम्बन्ध छ ?
– ओली प्रचण्डसँग सामान्य सम्बन्ध त छ तर त्यस्तो बढी नै सम्बन्ध छैन । कहिले–कहिले भेटघाट हुन्छ । त्यस्तो खास राजनीतिक र वैचारिक सम्बन्ध भने छैन । कार्यप्रणाली नै फरक भएपछि व्यक्तिगत सम्बन्ध मात्र भएर भएन । व्यक्तिगत रूपमा भने दुवैसँग आत्मीय सम्बन्ध छ भनूँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेपाली कांग्रेसबाट धोका भएको र गठबन्धन सम्बन्धमा पुनर्विचार गर्नुपर्ने अवस्था आउन सक्ने प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले राजनीति तरंगित छ । माओवादीको विधा...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...