अमिताभ बच्चनको ट्विटर ह्याण्डल ह्याक, इमरान खानको फोटो 'प्रोफाइल पिक्चर'

जेठ २८, २०७६

एजेन्सी- बलिउड अभिनेता अमिताभ बच्चनको सोमवार ट्विटर ह्याण्डल ह्याक भएको छ । 

ट्विटर ह्याण्डल ह्याकपछि प्रोफाइल फोटोमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको तस्वीर अपलोड भएको थियो ।  


ADVERTISEMENT

त्यतिमात्र होइन, उनको बायो पनि फेरिएको थियो जसमा लभ पाकिस्तान लेखिएको थियो । 

यद्यपि उक्त एकाउन्ट कहाँबाट कसले ह्याक गर्‍यो भन्ने पत्ता लागेको छैन । 

तर यसमा पाकिस्तान समर्थित ह्याकरको हात रहेको हुन सक्ने बताइएको छ । 

अमिताथ बच्चन सामाजिक सञ्जालमा सक्रिय रहने गरेका छन् । उनले ट्विटरमार्फत नै आफ्नो धारण सार्वजनिक गर्ने गरेका छन् । 

अहिले भने उनको ट्विटर ह्याण्डल रिकभर भइसकेको छ । 

तस्वीर : हिन्दी डट न्युज ट्वान्टी फो अनलाइन

जेठ २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस