कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जेठ २८, २०७६
जनकपुरधाम – मानव बेचबिखनको गिरोहमा फसेकी धनुषा वटेश्वरकी दलित समुदायकी १७ वर्षीय किशोरी दलालको चंगुलबाट भाग्न सफल भएकी छन् ।
चरम यातना दिइएको अवस्थामा भारतको बिहारस्थित मुजफ्फपुरबाट भागेर जनकपुर पुगेकी किशोरीको जनकपुर अञ्चल अस्पतालमा उपचार गरिएको छ ।
दलाल समूहले अपहरण गरी लिएर गएको ३ महिनाजति बन्धक बनेकी किशोरी जेठ ४ गते जनकपुर पुगेकी हुन् । उनलाई गैरसरकारी संस्था ओरेक नेपालको सुरक्षित आश्रय गृहमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित किशोरीकी आमाले जाहेरी दर्ता गराएकी छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले किशोरीलाई यातना दिएको प्रमाण स्वास्थ्य परीक्षणबाट पुष्टि भइसकेको बताए ।
‘किशोरीको हात र खुट्टामा डोरीले बाँधेका कारण सुन्निएको थियो । खुट्टामा सुइँ दिने गरेको चिह्न पनि थियो । चुरोटले जिउमा पोल्ने र डाम्ने गरेको प्रमाण पनि देखिएको छ,’ उनले भने, ‘हामीले घटनाको अनुसन्धानलाई तीव्र बनाएका छौं, प्रतिवादीको पहिचान पनि भइसकेको छ । हामीले महोत्तरी प्रहरी र भारतको प्रहरीसँग पनि समन्वय गरिरहेका छौं, फरार प्रतिवादीको खोजीको कार्य तीव्र गरेका छौं ।’
अपहरण तथा शरीर बन्धक, यातना, जबरजस्ती करणी, मानव बेचबिखन लगायतका मुद्दा अन्तर्गत अनुसन्धान अगाडि बढाइएको डीएसपी कार्कीले बताए ।
अस्पतालबाट ‘डिस्चार्ज’ भएर आश्रय गृहमा रहेको अवस्थामा गत हप्ता उनी अचानक बेहोस भइन् । ओरेक नेपालकी सेफ हाउस इन्चार्ज ललिमाया घिसिङले भनिन्, ‘फेरि जनकपुर अञ्चल अस्पतालमा लगेर उपचार गराउँदा उनको मुटुको भल्भमा खराबी देखिएको पत्ता लागेको छ ।’
मुटुको भल्भ नै परिवर्तन गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले निःशुल्क शुल्यक्रियाको व्यवस्था मिलाएका छन्् । केही दिनपछि काठमाडौंस्थित गंगालाल हृदयरोग अस्पतालमा उनको उपचार गराउने तयारी गरिएको उनले बताइन् ।
पीडित किशोरीले भनिन्, ‘दलालहरूले त्यहाँ थुप्रै केटीलाई बेचेका छन्, एउटा केटीको घाँटी काटेर हत्या नै गरेका छन् ।’ ती सबै पीडितले न्याय पाउन् भन्ने चाहना रहेको उनले बताइन् ।
‘चेली’ बेच्ने दलालको चंगुलबाट उम्किन सफल भएकी किशोरीको व्यथा र यातनाको कथा उनकै शब्दमा :-
म ९ कक्षाको जाँच दिएर मामाको घर महोत्तरीको लोहारपट्टी नगरपालिकास्थित गाउँमा गएकी थिएँ । त्यो गाउँमा मुस्लिम समुदायका केटा रवानिल राईन र अन्सारुल लगायतको समूहले बाटोमा हिँड्ने बेला केटीलाई जिस्क्याउने गर्थ्यो । मैले आएर मामालाई भनेपछि मामाले जिस्काउने काम बन्द गर्नू भनेर हप्काउनुभएको थियो । त्यसलाई उसले दुश्मनी लियो । केही दिनपछि म आफ्नो गाउँ धनुषाको फर्किएँ ।
२०७५ फागुन ६ गतेको घटना हो । म विद्यालयबाट पढेर घर फर्किएकी थिएँ । मेरो आमा ढल्केवर जानुभएको थियो । गाउँमा बिहे भएकाले आमाले खेतमा रहेको परबल टिपेर बेच्न भन्नुभएको थियो । हामी २ दिदीबहिनी खेत पुगेर परबल टिप्न लाग्यौं । साँझ पर्न लागेको थियो, परबल र खुर्सानी टिपेर खेतमै बेचे ।
त्यसपछि घरमा चाहिने तरकारीको लागि केही परबल टिपेर घर फर्किंदै थियौं । घर फर्किंदै बाटोमा रवानिल राइन ३–४ जना केटासहित २ वटा मोटरसाइकलमा आए । मामा गाउँको रवानिलले मलाई बोलायो । बानीव्यहोरा राम्रो नभएकाले हामीले वास्ता नगरेर आफ्नो बाटो हिँड्न लाग्यौं । त्यसपछि उनीहरूले मेरो बहिनीलाई कुटपिट गर्यो र मलाई पछाडिबाट नाकमा केही सुँघायो ।
त्यसपछि मलाई के भयो थाहा भएन । पूरै बेहोश भएँ । होशमा आएपछि एउटा कोठामा मेरो हात र खुट्टामा समेत डोरीले बाँधिएको रहेछ । त्यो ठाउँ भारतको बिहारस्थित मुजफ्फपुरमा रहेछ । त्यहाँ भारतकै करीब २५ जनाभन्दा बढी केटीलाई पनि राखिएको थियो । त्यहाँ रवानीलको आमा पनि थिइन् । उनलाई मैले चिनें । उनले मेरो गोजीबाट परबल बेचेको ६ हजार रुपैयाँ पनि लग्यो । मैले घाँटीमा लगाएको चाँदीको १ तोलाको सिक्री पनि खोस्यो । नाकमा रहेको सुनको नथिया पनि निकाल्न खोज्यो तर निकाल्न सकेन ।
उनको आमालाई किन मलाई बाँधेर राखेको, मेरो पैसा र सामान किन लिएको भनेर सोध्न थालेपछि मलाई इँटा लिएर मेरो कन्चटमा हान्यो । म रुन थालें । त्यसपछि मेरो मुखमा लुगा ठुसेर कपाल तान्दै मुक्काले हान्न थाले ।
कोठा बाहिर रहेका मानिसले यो केटीलाई छिट्टै बेच्नुपर्छ भनेर कुरा गरिरहेको सुनिरहेकी थिएँ । अनि बल्ल थाहा पाएँ कि मलाई यिनीहरूले बेच्नका लागि ल्याएका रहेछन् । भाग्ने कोसिस गरेपनि सफल हुने अवस्था थिएन । मेरो हात र खुट्टा डोरीले बाँधिरहेको हुन्थ्यो भने मुखमा कपडा ठुसेकै हुन्थ्यो । होशमा आउने बित्तिकै सुइँ लगाइदिन्थ्यो र बेहोश हुन्थें ।
एक दिन मेरै कोठामा कलेज पढ्ने गरेकी विद्यार्थीलाई पनि उठाएर ल्याएको थियो । ती विद्यार्थी भारतकै थिइन् । कलेजको पोशाकमै उनी थिइन् । उनी २० वर्षजतिकी थिइन् । उनलाई पनि हातखुट्टा बाँधेर कुटपिट गर्न थाले । एकातर्फ विभिन्न कोठामा म समेत २५ जना केटीलाई बन्द गरेर राखेको हुन्थ्यो भने कोठा बाहिर ५ देखि ७ जनाको संख्यामा रहेका केटाहरू हातमा चक्कु, लाठी र रड लिएर बसिरहेको हुन्थे ।
मलाई सधैं कुटेर तेरो आमा र बुवाको नम्बर देऊ भन्थे । आमा–बुवासँग पैसा माग्छु भन्थे तर मसँग नम्बर थिएन, अनि फेरि कुट्थे । तैले नम्बर नदिए तेरो बहिनीलाई पनि यहीँ ल्याएर बेच्छु भन्थे । त्यहाँ रहेका केटीलाई पालैपालो एउटा जीपमा राखेर रातको समयमा लैजान्थ्यो तर फेरि उनीहरू फर्किंदैन्थे ।
मलाई त्यहाँ धेरै यातना दिए । चुरोट लिएर शरीरका विभिन्न ठाउँमा डाम्ने गर्थे । सरिया (छड) लाई तताएर घुँडामा डाम्ने गर्थे । खाना पनि दिँदैन्थे । पानी खुवाउँथे तर त्यो पनि खराब पानी । हातखुट्टा जतिबेला पनि बाँधिएकै अवस्थामा रहेकाले पानी पनि आफ्नो हातले पिउन सक्दैन्थे । त्यही महिलाले पानी मुखमा हाल्दिने गर्थे । १ दिन उनीहरूले गाईको मासु पकाएका रहेछन् । मलाई त्यो गाईको मासु खान जोर जबरजस्ती गरेपनि मैले खान मानिनँ । तँलाई बेचेर धेरै रुपैयाँ आउँछ भन्थे । धेरै केटीहरू त्यस धन्दामा छन्, तँ पनि राम्रै पैसा कमाउन सक्छेस् भन्दै मलाई सम्झाउने गर्थे । मेरै सामुन्ने त्यहाँ रहेकी एउटी केटीले भाग्न खोज्दा उसको हत्या नै गरिदिए । अर्को केटीको खुट्टा भाँची दिए । मलाई पनि मेरो आमा कहाँ पठाइदिनुस् भन्दा ती महिलाले कुट्ने गर्थे । शुरूमा त २ दिन भात खान पनि दियो तर त्यसपछि भात पनि दिएनन् ।
स्थानीय आन्टीले गरिन् उद्धार
शौभाग्यले त्यहाँ १ दिन स्थानीय एक जना आन्टी आइन् । यो कोठामा कसलाई राख्नुभएको छ भन्दै उनले त्यो महिलालाई सोधिन् पनि । हाम्रै मान्छे हो भनेर उसले जवाफ फर्काइन् । मेरो मुखमा कपास ठूसेका कारण र हातखुट्टा बाँधेर राखेका कारण मैले बोल्न सकिनँ । त्यसपछि आन्टी फर्किइन् ।
अर्काे दिन राति उनी फेरि आइन् । यातना दिने महिला त्यस दिन त्यहाँ थिइनन् । बाहिर रहेका मानिसहरू रक्सीभाङ खाएर सुतेका थिए । कोठाको साँचो उनीहरूको हातमै थियो । आन्टीले बिस्तारै साँचो लिएर मलाई थुनेर राखेको कोठा खोल्दै मलाई त्यहाँबाट उद्धार गरिन् ।
त्यसपछि रातमा आन्टीले मलाई आफ्नो घर लिएर गइन्, भात पकाएर खुवाइन् । आन्टीको पनि २ वटा छोरी रहेछन्, जसमध्ये एउटा छोरीलाई दलालहरूले नै बेचिदिएका रहेछन् । छोरी हरायो भनेर उनले त्यहाँको पुलिसमा उजुरी पनि दिएकी थिइन् तर केही पत्ता लागेन । छोरीलाई बेचिदियो भन्ने कुरा थाहा पाएपनि उनको केही पनि चलेन । अर्को छोरीसँग बस्दै आएको कुरा आन्टीले मलाई बताउनुभयो ।
बिहानै उठेर आन्टीले अटो रिक्सावालालाई बोलाउनुभयो । मलाई आन्टीले २ हजार रुपैयाँ दिँदै एउटा नयाँ लुगा पनि किनिदिन खोज्नुभयो तर मैले कपडा किन्न थाल्ने हो भने फेरि पनि उनीहरूले समात्लान् कि भन्ने डर भयो । त्यसैले लुगा नकिन्ने भनेर आन्टीलाई भने । अटो रिक्सावालाले बसमा चढायो र बसवालालाई राम्रो तरिकाले ख्याल गरेर नेपालको सीमावर्ती भारतीय बजार भिठामोड पुर्याइदिन भन्यो र बसबाट म पुगे ।
भिठामोड पुगेपछि एउटा रिक्सामा बसाएर जलेश्वरमा पुगेर जनकपुरको बसमा चढाइदिनु भन्दै बसवालाले रिक्सावालालाई भन्यो । त्यसपछि जनकपुरको बस चढेर म जनकपुर आएँ । जिरोमाइलमा ओर्लिएर रामानन्द चोक पुगेर १ जना महिलासँग मोबाइल मागी मैले आफ्नो मामालाई फोन गरेर सबै कुरा बताएँ । त्यतिकैमा त्यहाँ रहेको पुलिसले मलाई सोध्यो के भयो भनेर । सबै कुरा सुनाएपछि प्रहरीले जानकी चौकीमा ल्यायो । त्यहाँ प्रहरीले भात पनि खुवायो । अहिले अब मुद्दा प्रक्रिया अगाडि बढेको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...