शिखर धवन चोटका कारण ३ हप्ता मैदान बाहिर रहने, कसले सम्हाल्ला भारतको ओपनिङ ?

जेठ २८, २०७६

एजेन्सी- विश्वकपमा भारतीय टीमलाई ठूलो धक्का लागेको छ । 

भारतीय टीमका ओपनर शिखर धवन चोटका कारण मैदान बाहिर रहने भएका छन् । 


ADVERTISEMENT

उनी भारतका भरपर्दा ओपनर हुन् । भारतलाई उनको अभाव खड्कन सक्ने क्रिकेटपण्डितहरूले बताएका छन् । 

भारतीय सञ्चारमाध्यमका अनुसार चोटका कारण शिखर धवन तीन हप्ता मैदान बाहिर रहनेछन् । 

 ९ जूनमा अस्ट्रेलियाविरुद्ध खेल्दै गर्दा धवनको हातमा चोट लागेको थियो । 

उनले अस्ट्रेलियाविरुद्ध शतक प्रहार गरेका थिए । 

अब शिखर धवनको स्थानमा केएल राहुललाई ओपनिङ गराउन सकिने बताइएको छ । 

जेठ २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस