नाष्टले थेग्न र पूर्ण गर्न सक्ने योजना बनाए सहयोग गर्छौं - उपप्रधानमन्त्री पोखरेल

फाइल फोटो
जेठ २८, २०७६

ललितपुर- उपप्रधानमन्त्री ईश्वर पोखरेलले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न कृषि, उद्योग, जलस्रोत, पर्यटन र पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले मंगलवार आयोजना गरेको ‘विज्ञान सडक मेला –२०७६’ को उद्घाटन गर्दै कावा प्रधानमन्त्री पोखरेलले यी पाँच क्षेत्रमा वैज्ञानिकलाई विशेष योगदान दिएर अघि बढ्न आग्रह गरे । 


ADVERTISEMENT

'आजको यो २१ औं शताब्दीमा यी सम्पूर्ण विषयलाई समेटेर वैज्ञानिक ढङ्गले योजना अघि बढाउनुपर्ने छ,' पोखरेलले भने, 'वैज्ञानिकहरूले आफूहरूबीच यी विषयमा छलफल गरी मन्त्रालयसँग ज्ञान र अनुभव आदानप्रदान गर्न जरुरी देखिन्छ ।' 

उपप्रधानमन्त्री पोखरेलले राजनीतिक अस्थिरताका कारण केही वर्ष समस्यामा परेको विज्ञान र प्रविधि क्षेत्रलाई विकास गर्न नेपालमा ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत सामाजिक शिक्षा लागू गर्नुपर्ने बताए । 

रक्षामन्त्री पोखरेलले भने, 'नाष्टले थेग्न र पूर्ण गर्न सक्ने योजना बनाएर मन्त्रालयमा आएमा सहयोग गर्नेछु ।' विदेशमा रहेका नेपाली वैज्ञानिकको अनुभव आदनप्रदान गराउन नाष्टले जोड दिनुपर्ने उनले बताए । 

जेठ २८, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस