कात्तिक २४, २०८०
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काठमाडौं– कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले मलको अभाव भएको बताउँदै आएपनि कालोबजारी भइरहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपुर्ति विभागले गरेको अनुमगनबाट मलमा कालोबजारी भइरहेको पाइएको हो ।
मकवानपुरमा गरेको विभागको अनुमगनबाट मलमा कालोबजारी भइरहेको पाइएको हो । मकवानपुरको थाहानगरपालिका ३ मा रहेको जनशक्ति सहकारीले कृषि सामाग्री कम्पनी लिमिटेडबाट मल लिएर गोदाममा लुकाएको विभागका अनुमगनकर्ताले भेट्टाएका हुन् ।
जनशक्ति सहकारीमा युरिया मल लुकाएको भेटिएको अनुगमनकर्ताले बताए । ‘नमुनाका रूपमा अनुगमन गरेका सहकारीमा मल लुकाएको भेटियो,’ अनुमगन टोलीका संयोजक रमेश प्रसाद रिजालले भने, ‘सहकारी सञ्चालकहरू शुरूमा मल छैन भन्दै थिए, हेर्दै जाँदा लुकाएको भेटियो । जनशक्ति सहकारीमा मात्रै करीब ३० बोरा जति मल भेटियो ।’
मल खरीद बिक्री गरेको बिल बीजक सो सहकारीले नदेखाउँदा सहकारी सञ्चालक विमल केसीलाई ५ हजार रुपैयाँ जरिवाना गराइएको र एक हप्ताभित्र बिल/बीजक लिएर विभागका उपस्थित हुन निर्देशन समेत दिइएको रिजालले बताए ।
मलमा कालोबजारी भइरहेको भन्ने सुनेको आधारमा अचानक केही सहकारीमा अनुमगन गरिएको र अन्यमा पनि मल लुकाइएको भन्ने सुनेकाले अझै अनुमगन गरिने विभागले जानकारी दिएको छ । अनुगमनकर्ताका अनुसार थाहा नगरपालिकाकै रुद्र एग्रो प्रालिले पनि मल लुकाएको पाइएको छ । अब हुने अनुगमनमा मलको परिमाण र गुणस्तर जोख्ने सामग्रीसँगै लिएर जाने विभागको भनाइ छ ।
यसअघि कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले यस वर्ष धान खेतीका लागि ५० हजार मेट्रिक टन मलको अभाव हुने बताएको थियो ।
३० हजार मेट्रिक टन युरिया र २० जार मेट्रिक टन डीएपी मल अपुग रहेको भन्दै कृषि तथा पशुपञ्छी विकास मन्त्रालयले ५० हजार मेट्रिक टन मलको अभाव रहेको बताएको छ ।
मलको अभाव टार्नका लागि अर्थ मन्त्रालयसँग बजेटको समेत माग गरिएको र अर्थ मन्त्रालयले बजेट नदिएको आरोप कृषि तथा पशुपञ्छी विकास मन्त्रालय लगाउँदै आएको छ ।
सरकारले मलको अभाव टार्न लागि छिटो आयात गर्नुपर्ने भन्दै भारतबाट सोझै नेपाल सरकारले (जीटुजी) मल खरीद गर्ने प्रक्रिया अप्नाएको थियो । हालसम्म पनि उक्त प्रक्रिया कार्यान्वयन हुन सकेको छैन ।
तत्काललाई जीटुजी मार्फत मल खरीद गर्न सकेमा मलको समस्या हट्ने र दीर्घकालीन रूपमा मलको समस्या हटाउन गोदाम निर्माण गर्न उपयुक्त हुने कृषि तथा पशुपञ्छी विकास मन्त्री चक्रपाणि खनाल बताउँछन् । ‘तत्कालाई मलको समस्या सामाधान गर्ने उपाय जीटुजी मार्फत् खरीद गर्नु नै हो । जिटुजी मल खरीद गर्न एक चरणमा सम्झौता पनि भएको थियो,’ मन्त्री खनालले भने, ‘पछिल्लो समय भारतमा चुनाव लगायतका कारणले जिटुजी मल खरीद गर्ने कार्यमा केही ढिलाइ हुन गयो ।’
नेपाल सरकारले मल खरीद गर्ने जिम्मेवारी साल्ट ट्रेडिङ कर्पोरेशन र कृषि कम्पनी सामग्री लिमिटेडलाई दिँदै आएको छ । यी दुइटै निकायले बोलपत्र आह्वान गरेर मल खरीद गर्ने गरेका छन् । यस प्रक्रियाबाट मल खरीद गर्दा कम्तीमा ६ महिना समय लाग्ने र त्यसले धानबालीलाई हुने अभाव नटार्ने कृषि मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
मन्त्रालयका अनुसार नेपालमा वार्षिक करीब ७ लाख मेट्रिक टन मल आवश्यक पर्छ । त्यसमध्ये साढे तीन लाख मेट्रिक टन विदेशबाट आयात गर्नुपर्ने र बाँकी नेपालमै उत्पादित हुने प्राङ्गारिक मल लगायतबाट पूर्ति गरिँदै आएको छ ।
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...