×

NMB BANK
NIC ASIA

संसदमा नेकपाका झपट रावल : बोल्न नाम टिपाए, रोष्ट्रममा पुगेर चुप !

जेठ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - मंगलवारको प्रतिनिधि सभा बैठकमा एउटा अचम्मको दृश्य देखियो । बोल्ने कुरा केही नभएको भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद झपट रावल रोष्ट्रममा चुपचाप उभिए ।

Muktinath Bank

संघीय संसदको मन्त्रालय अन्तर्गतका वार्षिक कार्यक्रममाथि छलफलका भइरहेका बेलामा रावल करीव घरी तल, घरी माथि हेर्दै उभिइरहे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६ मिनेट समय दिएको भन्दै सभामुखको कुर्चीमा बसेकी राधा ज्ञवालीले रोष्ट्रममा बोलाएपछि रावल आए । 'सम्माननीय सभामुख महोदय, म मूलतः यो शहरी विकास मन्त्रालय अन्तर्गतको वार्षिक विकास कार्यक्रमका बारेमा बोल्न चाहन्छु ।' यति भनेपछि उनी ठप्प भए । दायाँ-बायाँ, तल-माथि हेरे तर चुपचाप ।


Advertisment
Nabil box
Kumari

बोल्न चाहन्छु भनेर चुपचाप उभिएपछि संसदमा उपस्थित अन्य सांसदहरू अचम्म माने । कांग्रेसका सांसद मिनेन्द्र रिजाल हाँस्न थाले ।  

Vianet communication
Laxmi Bank

एकमिनेट बित्नै लाग्दा ज्ञवालीले 'माननीय ज्यू के भयो ?' भनेर सोधिन् । रावलले घडी हेर्दै भने, 'केही नभएकाले सभामुख महोदय, नबोलेको ।' रावलले पुनः मौनधारण गरे । एकछिनपछि ज्ञवालीले ‘यसरी समयको सदुपयोग भएन कि माननीयज्यू ?’ भनेर सोधिन् ।

रावलले भने, 'त्यो किताबमा नअटेको हुनाले सभामुख महोदय !' त्यसपछि रावल पुनः चुपचापको स्थितिमा फर्किए । त्यसपछि ज्ञवालीले सांकेतिक विरोधको ध्यानाकर्षण भइसकेको बताइन् । रावलले शालीन स्वरमा भने, 'सभामुख महोदय, भए पो बोल्नु !' अनि रावलले एकपटक फेरि घडी हेरे ।

‘मै खाउँ मै लाऊँ सुख सयल मोजभाब म गरुँ, मै बाँचु मै नाचुँ अरु सबै मरुन् दुर्बलहरु’ रावल यी पंक्तिसँगै खुले । उनले शहरी विकासको सबै बजेटलाई मन्त्री ईश्तियाक राईले आफ्नो जिल्ला बाँकेको निर्वाचन क्षेत्रमा लगेको आरोप लगाए ।

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं २ का सांसद रावलले कैलाली र कञ्चनपुरमा केही दिनअघि गएको हावाहुरीले घरबारविहीन बन्न पुगेका र वादी समुदायहरुले जमिनलाई डसना र आकाशलाई सिरक बनाउन बाध्य हुनुपरेको तर मन्त्री राईले आफ्नै बाँकेको निर्वाचन क्षेत्रमा एकलौटी खन्याएको आरोप लगाए ।

साथै रावलले मन्त्रीको योग्यता देखेर आफूलाई दया लागेको भन्दै व्यंग्य गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x