सत्तारुढ सांसदको आरोप : त्रिवि शिक्षण अस्पताल निजीमा बिरामी रेफर गर्ने एजेन्सी !

जेठ २९, २०७६

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आकस्मिक रुपमा उपचारका लागि आउने बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेकपाका देव गुरुङले सरकारी स्वामित्वको अस्पतालले निजी अस्पतालमा बिरामी रेफर गर्ने काम गरेको भन्दै नियन्त्रणको माग गरेका हुन् ।


ADVERTISEMENT

‘त्रिवि शिक्षण अस्पतालमा आकस्मिक उपचारमा जाने बिरामीलाई निजी अस्पतालमा पठाउने गरेको छ । राज्यको स्वामित्वको अस्पतालमा पठाउनु गलत हो । शिक्षण अस्पतालले निजी अस्पतालको एजेन्सीको रुपमा काम गरेको देखिन्छ । त्यसलाई अविलम्ब नियन्त्रण गर्न माग गर्दछु,’ गुरुङले भने । 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस