महेश बस्नेतको प्रस्ताव– पछि क्षतिपूर्ति दिने गरी अहिले लोक सेवाको विज्ञापन नरोकौं

जेठ २९, २०७६

काठमाडौं–सत्तारुढ नेकपाका सांसद महेश बस्नेतले प्रदेश लोकसेवा आयोग गठन गरेपछि क्षतिपूर्ति दिनेगरी अहिले लोक सेवा आयोगले खुलाएको विज्ञापन अगाडि बढाउन सुझाव दिएका छन् । 

बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै नेकपा सांसद बस्नेतले प्रदेश लोक सेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिने बताएका हुन् । 


ADVERTISEMENT

‘लोकसेवाले खुलाएको ९ हजार १ सय विज्ञापन रोक्न संसदीय समितिले निर्देशन गरेपछि विज्ञापन विवादमा परेको छ । संघीयता पक्षधरले यसको विरोध जनाएका छन्,’ बस्नेतले संसदमा भने, ‘प्रदेश लोक सेवा आयोग गठन भएपछि आरक्षण र क्षतिपूर्तिको व्यवस्था गर्न सकिन्छ । संसदीय समितिलाई गम्भीर भएर निर्णय गर्न सुझाव दिन्छु,’ बस्नेतले भने । 

बुधवारको बैठकमा नेपाली कांग्रेसका मीनबहादुर विश्वकर्मा र नेकपाकी अन्जना विशुंखेले विज्ञापन रोकेर समावेशी सिद्धान्तअनुसार नयाँ विज्ञापन प्रकाशित गर्न माग गरेका थिए । विश्वकर्माले करारमा भर्ना गर्ने कुरा गलत भएको बताए । 
 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस