स्रोत नखुलेको ५७ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ

फाइल फोटो
जेठ २९, २०७६

काठमाडौं- प्रहरीले स्रोत नखुलेको शंकास्पद ५७ लाख ७९ हजार ४९० रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी वडकी फुलवरिया बाराबाट खटिएको संयुक्त टोलीले बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ७ स्थित दशजगा क्षेत्रबाट भारतीय नागरिक वृजकिशोर कुमारलाई पक्राउ गरेको हो । 


ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालय बाराका एसपी सानुराम भट्टराईले बिहार मोतीहारी जिल्ला बस्ने उनीमाथि चेकजाँच गर्दा सो रकम फेला परेको जानकारी दिए ।  

बीआर एसी ४४८६ नम्बरको मोटरसाइकलमा सवार उनले दुवै खुट्टाको घुँडा मुनी पिडौलाको भाग, कम्मर र जिन्स पाइन्टको खल्ती तथा लगाएको हेल्मेट र डिक्की समेतमा लुकाएको अवस्थामा रकम फेला परेको प्रहरीले जनाएको छ । 

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस