नेप्से पुनः ओरालो

फाइल फोटो
जेठ २९, २०७६

काठमाडौं- मंगलवार झिनो अङ्कले सुधार देखिएको पूँजी बजारमा कारोबार मापक नेप्से परिसूचक बुधवार पुनः ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.५० बिन्दुले घटेर एक हजार २७२.४८ अङ्कमा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.५० बिन्दुले घटेर २७२.३५ अङ्कमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीका १८ लाख ७१ हजार ८०९ कित्ता शेयर ५० करोड २६ लाख ८२ हजार ८८१ रुपैयाँमा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये तीन उपसमूहको मात्र शेयर बढेको छ । 


ADVERTISEMENT

व्यापार ११.७, होटल ६.९५ र अन्य उपसमूहको शेयर १.९६ बिन्दुले बढ्दा बैंकिङ ३.०२, विकास बैंक ४.६४, जलविद्युत् ३.५६, वित्त १.४३, निर्जीवन बीमा ६१.३४, उत्पादन २.७४, लघुवित्त ७.५६, जीवन बीमा २७.३४ र म्युचुअल फण्ड उपसमूहको शेयर ०.१५ बिन्दुले घटे । 

स्टकका अनुसार कारोबार रकमका आधारमा ग्लोबल आइएमई बैंक लिमिटेडको संस्थापक शेयर सात करोड १२ लाख ६२ हजार २२२ रुपैयाँमामा कारोबार भई शीर्ष स्थानमा रह्यो ।

यसैगरी शिवम् सिमेन्ट चार करोड २५ लाख ४३ हजार ३४३, प्रभु बैंक लिमिटेड दुई करोड १३ लाख ५८ हजार ५०१, नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड एक करोड ५९ लाख १० हजार ६५९ र एनआईसी एशिया बैंकको एक करोड ५३ लाख ९० हजार ९५५ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।

जेठ २९, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस