×

NMB BANK
NIC ASIA

सुर्खेत- २०७१ सालमा सुर्खेतमा आएको बाढीले विस्थापित भएका पीडितहरु वर्षा आउन लागिसक्दा पनि पालमै बस्न बाध्य भएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश सरकारले ५ सय १४ घर परिवारको पुनःस्थापनाका लागि विभिन्न स्थानीय तहलाई सात करोड ७१ लाख बजेटको अख्तियारी दिँदा पनि स्थानीय तह बेखबर बनेको बाढी पीडितहरुको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती सबै घरधुरीले पहिलो किस्तावापत प्रतिपरिवार १ लाख ५० हजार पाउनेछन् ।


Advertisment
Nabil box
Kumari

आन्तरिक मामिला तथा कानून मन्त्रालयले वीरेन्द्रनगर नगरपालिकाका २ सय ३ परिवारका लागि ३ करोड ४ लाख ५० हजार, पञ्चपुरी नगरपालिकाका १६ घरधुरीका लागि पहिलो किस्तावापतको २४ लाख, बराहतालका ९१ घरधुरीका लागि एक करोड ३६ लाख ५० हजार प्रतिपरिवार एक लाख ५० हजारका दरले वितरण गर्ने गरी मन्त्रालयले अख्तियारी दिइसकेको छ ।

Vianet communication
Laxmi Bank

भेरी गंगा नगरपालिकाका १ सय ६० घरका लागि २ करोड ४० लाख, गूर्भाकोट नगरपालिकाका ३२ घरका लागि ४८ लाख र लेकबेसी नगरपालिकाका १२ घर धुरीका लागि १८ लाख बजेट खर्च गर्ने अख्तियारी दिइसकेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए ।

वीरेन्द्रनगर नगरपकालिकाले भने एकदुई दिनमै रकम वितरण गर्ने जानकारी दिएको छ। ‘हामीले सबै प्रक्रिया पुरा गरिसकेका छौं । सबै तथ्यांक पनि संकलन भइसकेको छ,' नगर उपप्रमुख मोहनमाया ढकालले भनिन, ‘कोष तथा लेखा नियन्त्रण कार्यालयबाट रकम नगरमा आउनेबित्तिकै हामी जनतालाई रकम प्रदान गर्नेछौं ।’

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बढीमा पाँच दिन भित्र पीडितको खातामा रकम जम्मा गरिसकिने बताए । ‘हामीले सबैलाई बैंक खाता खोल्न बनेका छौं । विभिन्न समितिहरु सक्रिय छन् । उहाँहरुलाई छानोमुनि ल्याउन हामी प्रतिबद्ध छौं,' उनले भने, ‘विविध कारणवश प्रमुख प्रशासकीय अधिकृत काठमाडौं जानु भएको छ । उहाँ भोलि आउनुहुन्छ र हामी पैसा पीडितको खातामा जम्मा गरिदिन्छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x