कात्तिक १९, २०८०
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं — महाभारतका प्रमुख पात्रमध्ये एक कर्ण हुन् । दुर्योधनले कर्णमै भर परेर पाण्डवसँग युद्ध गर्ने निर्णय लिएका थिए । अर्जुनसँग भिड्नसक्ने योद्धा कर्ण मात्र भएको दुर्योधनको विश्वास थियो ।
तर कौरव र पाण्डवबीच युद्ध शुरू भएको १० दिनपछि कर्ण युद्धमा संलग्न भए ।
अज्ञातवास सकिएपछि पाण्डवहरू वास्तविक स्वरूपमा आए । विराटनगरमा नै पाण्डवहरूको हित चाहने सबैजना भेला भए । पाण्डवहरूले आफ्नो राज्य फेरि पाउनुपर्छ भन्नेमा सबैको सहमति रह्यो । त्यसका लागि राजा द्रुपदले
आफ्ना एक पुरोहितलाई दूत बनाएर राजा धृतराष्ट्रसमक्ष पठाए ।
पुरोहितले धृतराष्ट्रलाई सबै कुरा बताए अनि थपे, ‘पाण्डवहरूले वनवास र अज्ञातवास पूरा गरिसकेका छन् । त्यसैले उनीहरूलाई राज्य फर्काइनुपर्छ ।’
त्यसपछि धृतराष्ट्रले सञ्जयलाई दूत बनाएर पठाए । सञ्जयले युधिष्ठिरलाई भने, ‘महाराज धृतराष्ट्र युद्ध चाहनुहुन्न ।’
युधिष्ठिरले भने, ‘हामी पनि शान्ति नै चाहन्छौं तर इन्द्रप्रस्थ मेरो राज्य भएमा मात्र शान्ति सम्भव छ ।’
श्रीकृष्णले कौरवहरू पाण्डवलाई पाँच गाउँ मात्र दिन तयार भएमा पनि युद्ध नहुने बताउनुभयो । त्यसपछि सञ्जय पाण्डवहरूको सन्देश लिएर हस्तिनापुर आए । सञ्जयले सभामा पाण्डवको सन्देश सुनाउँदा भीष्म, द्रोण र कृपले समर्थन
गरे तर कर्ण र दुर्योधनले असहमति जनाए ।
धृतराष्ट्रले दुर्योधनलाई सम्झाइबुझाइ गर्दा कर्णले सभामा ठूलाठूला कुरा गर्न थाले । कर्णको कुरा सुनेर भीष्म पितामहले उनलाई हकारे । भीष्मको कुरा सुनेर कर्णलाई क्रोध आयो । उनले भने, ‘म युद्धमा जान्नँ । तपाईंको अन्त्य भएपछि
म पाण्डवहरूको नाश गरिदिन्छु ।’ अनि कर्ण सभाबाट बाहिरिए ।
त्यसैले गर्दा भीष्म कौरवहरूको सेनापति रहुन्जेल कर्णले कौरवका तर्फबाट युद्ध गरेनन् । भीष्म घाइते भएपछि मात्र कर्ण युद्धभूमिमा आए ।
महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...
महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो । रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...