×

NMB BANK
NIC ASIA

प्रदेशसभा बैठकः पूर्वभीआईपीको सुरक्षा हटाइएकोदेखि मेयर द्वारिकालालसम्मको चर्चा

जेठ ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर–प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय सरकारको पत्रअनुसार अतिविशिष्ट व्यक्तिको मृत्युपश्चात निवासमा रहेका सुरक्षाकर्मी हटाउने निर्णयअनुसार विराटनगरस्थित कोइराला निवासमा रहेका सुरक्षाकर्मी हटाएको बताएका छन् । 
    
प्रदेश नं १ प्रदेशसभाको विभिन्न मितिमा सदस्यहरूले शून्य समयमा राखेको सार्वजनिक महत्वको प्रश्नको जवाफ दिँदै उनले स्व गिरिजाप्रसाद कोइरालाको निवासको महत्वलाई ध्यानमा राखी विशिष्ट व्यक्तिका लागि आवश्यक सुरक्षा कायम राख्न आवश्यक नीति तर्जुमा गर्ने र सुरक्षाकर्मी राख्ने सोच प्रदेश सरकारले बनाएको जानकारी दिए । 

Muktinath Bank

कानूनमन्त्री कार्कीले इटहरी महानगरपालिकाका प्रमुखको घटनाबारे प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै सबैको पहलबाट समस्या समाधान भएको र आगामी दिनमा यस्ता घटना पुनः दोहोरिन नदिन सरकार सचेत रहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले धरान क्षेत्रमा फैलिएको डेङ्गु नियन्त्रण गर्न प्रदेश सरकारले आवश्यक व्यवस्था मिलाएको र अन्य क्षेत्रमा फैलिन नदिनका लागि सम्पूर्ण संयन्त्र प्रयोग गरेको जानकारी दिए । यो रोगबाट पीडित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था प्रदेश सरकारले मिलाएको उनले जानकारी सदस्यलाई दिए । 
 
    यसअघि शून्य समयमा प्रदेशसभा सदस्यहरूले झापाको १० निर्वाचत क्षेत्रमा सांसद तथा प्रदेश निर्वाचन विकास कोषबाट १४९ योजनामा उल्लेखनीय कार्य भइरहेको, मोरङको केराबारी राजमार्ग आसपासमा डेङ्गु नियन्त्रणमा ध्यान दिनुपर्ने, वैज्ञानिक वनको नाममा ६३ स्थान अवैध फडानीलाई रोक्नुपर्ने, मोरङको खोलामा ६७ हजार ९० घनमिटर खोला उत्खनन गर्ने स्वीकृति पाएकामा एक लाख ५२ हजार मिटर भएकाले आवश्यक छानबिन गर्नुपर्ने माग गरेका थिए । 


Advertisment
Nabil box
Kumari

    यसैगरी मेचीको कचनवलमा भारतीय पक्षले दशगजा क्षेत्रमा सडक निर्माण गर्दा नेपाली क्षेत्र डुबान भएको, मेची नदीको कटानबाट स्थानीय बासिन्दा विस्थापित हुने भएकाले नदी नियन्त्रण गर्नुपर्ने, प्रादेशिक यौन हिंसा नियन्त्रण कानून ल्याउनुपर्ने, सडक सुशासनअन्तर्गतका सडकको अनुगमन गर्नुपर्ने, सङ्घीय सरकारको सडकलाई प्रदेश सरकारले आवश्यक मर्मत गर्न बजेटमा सम्बोधन गर्नुपर्ने, असिनापानीबाट घरबारविहीन भएका ताप्लेजुङका २९२ परिवारलाई आवश्यक राहत उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरेका थिए । 

Vianet communication
Laxmi Bank

प्रदेशसभाको अर्को बैठक असार १ गते दिनको ३ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x