मोदीले मन्त्रीहरूलाई भने – ९ः३० बजे अफिस पुग्नू, घरबाट काम नगर्नू

जेठ ३०, २०७६

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सबै मन्त्रीहरूलाई बिहान ९ः३० बजेसम्म कार्यालय पुगिसक्न उर्दी जारी गरेका छन् । अरूहरूसमक्ष राम्रो उदाहरण प्रस्तुत गर्नका लागि समयमा कार्यालय आउन र घरमा बसेर काम नगर्न उनले भनेका छन् ।

बुधवार मन्त्रिपरिषद्को बैठकमा मोदीले ४० दिनको संसद् सत्रमा विदेश भ्रमण नगर्न भनेका छन् । 


ADVERTISEMENT

मोदीले आफ्नै उदाहरण दिँदै गुजरातको मुख्यमन्त्री हुँदा अधिकारीहरूसँगै ठीक समयमा कार्यालय पुग्ने गरेको बताए । 

मन्त्रिपरिषद् बैठकमा मोदीले मन्त्रीहरूलाई नवनिर्वाचित सांसदहरूलाई भेट्न अनि पाँच वर्षको एजेन्डा तयार पारेर काम शुरू गर्न भने । सरकारको प्रभाव १०० दिनभित्र देखिनुपर्ने उनको भनाइ थियो । 

एजेन्सी
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस