अक्षय कुमारको खतरनाक स्टन्ट (भिडियो)

जेठ ३०, २०७६

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार आफ्नो आगामी फिल्म सूर्यवंशीमा शानदार याक्सन सिनका साथ देखिने भएका छन् । 

उनले केही दिनअघि आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा सीनको भिडियो शेयर गरे । त्यसमा उनी हेलिकप्टरमा झुण्डिएको देखिन्छ । 


ADVERTISEMENT

टाढाबाट खिचिएको भिडियोमा अक्षय हेलिकप्टरको तल्लो भागमा गोडाको भरमा झुण्डिएको देखिन्छ । तल जमीनमा रोहित शेट्टी स्पोर्ट्स बाइक चलाइरहेका देखिन्छन् । 

हेलिकप्टर पहिला त स्लो स्पीडमा बाइकनजिक पुग्छ अनि रोहित शेट्टीले अघि बढ्ने इशारा दिएपछि हेलिकप्टर मास्तिर उडेर शार्प टर्न लिन्छ । यो पूरै अवधिभर अक्षय हेलिकप्टरमा झुण्डिएका देखिन्छन् । 

भिडियो हेर्दा पनि आङ सिरिंग हुन्छ । अक्षयले यसलाई शेयर गर्दै मानिसहरूलाई स्टन्ट ट्राई नगर्न आग्रह गरेका छन् । 

सूर्यवंशी सन् २०२० को मे महिनामा रिलिज हुनेछ ।

View this post on Instagram

PeepingMoon.com Exclusive! HERO & HIS HEROICS! A Thai fan of Bollywood superstar Akshay Kumar sent us this hazy video of the actor pulling off a dangerous stunt in Pattaya on the sets of Rohit Shetty’s Sooryavanshi. Akshay does his stunt work himself. But even then this one, in which he appears to be trying to lift the baddie off a bike by hanging out of a whirring chopper, breaks all his earlier records. Akshay is Anti-Terrorist Squad chief Veer Sooryavanshi in the film. And cops never have a duplicate or body double to do their dangerous work. So Akshay did the scene himself. The actor, who worked as a martial arts instructor and chef in Bangkok before he broke into Bollywood, has zillions of Thai fans. PeepingMoon.com is grateful to this one for the video. Aage ka action bada screen pe… in March 2020! . . #akshaykumar #akshay #rohitshetty #bollywoodvideo #peepingmoon #peepingmoonbollywood #video #stunts

A post shared by PeepingMoon (@peeping.moon) on

एजेन्सी 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस