मिस्टर नेपाल ओसिनिया २०१८ का विजेता निश्चल खड्काको टाईटल खोसियो

जेठ ३०, २०७६

काठमाडौं – गत डिसेम्बरमा सिड्नीमा युएनएईले आयोजना गरेको “मिष्टर नेपाल ओसिनिया २०१८” का विजेता निश्चल खड्काको टाईटल खोसिएको छ ।

आयोजक संस्थाकी अध्यक्ष भुमा लिम्बुले बिहिबार प्रेस विज्ञप्ती जारी गरी आयोजकसँगको सम्झौता बिपरित गएकाले र पटक पटक उनलाई सम्झाउँदारसुधार्ने समय दिँदा पनि अटेर गरेरपछि उक्त टाईटल खोसेको बताएकी छिन् ।


ADVERTISEMENT

बिजेता खड्कालाई प्रेस रिलिज निकाल्नु पुर्व जुन ६ सम्मको डेडलाईन राखेर टाईटल बापतको ट्रफी र सर्टि्फिकेट फिर्ता गर्न आयोजकले ईमेल र फोन गरेको उनले बताइन् । जस अनुसार खड्काले सहमती जनाए पनि एक साता पर सर्दा समेत फिर्ता नगरेपछि प्रेस रिलिज जारी गर्नु परेको बाध्यता लिम्बुले सुनाईन् ।

उनले खड्का पटकपटक अन्य ईभेन्टहरुमा बिना सूचना सहभागी नहुन सचेत गराइएको बताइन् । उनका अनुसार खड्कालाई अन्य ईभेन्टहमा मोड्लिङ प्रस्तुती नदिन यसअघि नै सचेत गराइएको थियो ।
 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार