×

NMB BANK
NIC ASIA

देशैभरि बढ्यो सार्वजनिक यातायातको भाडा !

जेठ ३०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौं- सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यातायात व्यवस्था विभागका अनुसार सार्वजनिक सवारी साधनमा लाग्ने भाडा १२ प्रतिशत बढाइएको हो । यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले आगामी असार देखि लागू हुने गरी सार्वजनिक यायतातको भाडा वृद्धि गरिएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७५ असोज ७ गते भाडादर समायोजन गर्ने समिति गरिएको सोही समितिले सिफारिस गरेको आधारमा भाडा दर कायम गरिएको दाहालले लोकान्तरलाई बताए ।  गत असोजमा समितिले तत्कालीन रूपमा १० प्रतिशतसम्म भाडादर वृद्धि गरेपनि उक्त भाडा दर वैज्ञानिक नरहेको भन्दै आज वैज्ञानिक भाडादर कायम गरिएको दाहालले बताए ।  


Advertisment
Nabil box
Kumari

‘असोजमा समिति गठन भएपछि त्यसको एक महिनाभित्र वैज्ञानिक भाडादर कायम गर्ने म्यान्डेट दिइएको रहेछ’ दाहालले लोकान्तरसँग भने, ‘एक महिनापछि भाडा दर वृद्धि गरिएन । अहिले करीब एक वर्ष नै हुन लागेको अवस्थामा सबै कम्पोनेन्टको अध्ययन गरी भाडा समायोजन गरेका हौं ।’

Vianet communication
Laxmi Bank

सवारी चालक तथा सहचालकको ज्याला, सवारी साधनमा प्रयोग हुने इन्धन र मेकानिल वस्तुको आधारमा देशैभरि लागू हुने गरी भाडा दर समायोजन गरिएको दहालले बताए । देशैभरि सबै किसिमका सार्वजनिक सवारीमा भाडादर लागू हुने र ट्याक्सीमा समेत भाडा समायोजन गरिएको विभागको भनाइ छ ।

केही समय अघिदेखि यायायात व्यवसायीले सवारी साधनमा लागू हुने भाडा वृद्धि गर्नुपर्ने माग राख्दै आएका थिए ।  दशैंअघि सरकारले १० प्रतिशत गाडी भाडा बढाएको थियो ।

सार्वजनिक यातायातको भाडा वृद्धिका सम्बन्धमा उपभोक्ता अधिकारकर्मीहरूले आपत्ति जनाएका छन् । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले  सार्वजनिक यातायातमा यात्रुले सास्ती खेप्नु परेको बेला यातायात व्यवस्था विभागले भाडा बढाउनु उपयुक्त नभएको बताए । सार्वजनिक यातायातलाई व्यवस्थित र मर्यादित बनाउनुका साटो उल्टै हचुवाको भरमा भाडा बढाउनुले यात्रुवर्गलाई थप असहज थोपरेको तिमिल्सिनाको भनाइ थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x