कांग्रेस उपसभापति निधि डेनमार्क प्रस्थान

फाइल फोटो
जेठ ३०, २०७६

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् । 

डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७ तारिखसम्म हुने मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहितका नेताहरू त्यसतर्फ प्रस्थान गरेका उनको निजी सचिवालयले जनाएको छ । 


ADVERTISEMENT

डेनिस इन्स्टिच्युट फर पार्टीज एण्ड डेमोक्रेसी (डीआईपीडी)को निमन्त्रणामा डेमोक्रेसी मेलामा सहभागी हुन कांग्रेस उपसभापति निधिसहित नेता डा. मीनेन्द्र रिजाल, चित्रलेखा यादव र विनोद भट्टराई त्यसतर्फ लागेका हुन् । 

प्रजातन्त्र मेलामा डेनमार्कको प्रजातन्त्रको अनुभवबारे अध्ययन भ्रमणका सहभागीहरूलाई जानकारी गराइनेछ । मेलामा नेपालसहितका विभिन्न मुलुकका नेताहरूको सहभागिता रहनेछ । 

डीआईपीडीको सदस्य बनेको नेपाल डेनमार्क बाहिरको पहिलो मुलुक हो । जसलाई सन् २०१० को मे २६ मा त्यहाँको संसद्ले मान्यता दिएको थियो । त्यसपछि नेपालको संसद्ले सन् २०१२ मा विभिन्न राजनीतिक दलहरूको प्रतिनिधित्व रहेको दलहरूको सहकार्यका लागि संयुक्त संयन्त्र गठन गरेको थियो । 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस