कात्तिक २९, २०८०
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
जेठ ३०, २०७६
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन बिहीवार किर्गिजस्तानको राजधानी बिश्केक पुगेका छन् ।
मोदीको यस यात्रासँगै उनको सरकारको परराष्ट्रनीतिको प्राथमिकता स्पष्ट हुँदै गइरहेको छ ।
बिश्केकमा उनले क्षेत्रीय संगठनहरूलाई उग्रवादविरुद्ध कडा प्रतिक्रिया जनाउन आह्वान गर्नेछन् र चीन तथा रुसका राष्ट्रपतिहरूसँग भेटघाट गर्नेछन् ।
बेइजिङ र मस्को दुवैले मध्य एसियामा प्रमुख भूमिका निर्वाह गर्ने गरेका छन् । त्यहाँ प्रमुख शक्तिहरू एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । भारतले पनि त्यस क्षेत्रमा पहुँच बढाउने कोशिश गरिरहेको छ ।
भारत एससीओको पूर्णकालिक सदस्य सन् २०१७ मा बनेको हो ।
मोदीले गत महिना आफ्नो शपथग्रहण समारोहमा किर्गिजस्तानका राष्ट्रपति सोरोनबाये जेनेबकोभलाई निमन्त्रित गरेका थिए ।
परराष्ट्रनीतिमा मोदी सरकारले चुनाव जितेपछि नै काम गर्न शुरू गरेको छ ।
प्रधानमन्त्री मोदीले माल्दिभ्स र श्रीलंकाको यात्रा गरे । अनि परराष्ट्रमन्त्री एस जयशंकरले गत साता भुटान यात्रा गरे ।
मोदीले पहिलो विदेश भ्रमणका लागि माल्दिभ्स र श्रीलंका छानेर छिमेक पहिला नीतिप्रति समर्पित रहेको सन्देश दिएका छन् ।
चीनले दक्षिण एसिया र हिन्द महासागर क्षेत्रमा आफ्नो हस्तक्षेप गम्भीर रूपमा बढाइरहँदा मोदीले छिमेकीहरूप्रति आस्था देखाएका हुन् ।
मोदीको यात्राका बेलामा माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलेहले पनि आफ्नो प्रशासनका तर्फबाट भारतलाई प्राथमिकता दिने नीतिमा जोड दिए अनि दुई देशबीचको सम्बन्धलाई ऐतिहासिक भने ।
माल्दिभ्सको अघिल्लो सरकारले दुई देशबीचको सम्बन्धलाई निकै तनावपूर्ण बनाएको थियो ।
मोदीले जलवायु परिवर्तन र आतंकवादविरुद्धको लडाईंमा माल्दिभ्सलाई सहायता गर्ने घोषणा गरे ।
मोदीको श्रीलंका भ्रमणको कुरा गर्दा त्यहाँ पनि उग्रवादको विषयमा केन्द्रमा थियो ।
मोदीले हालै उग्रवादी आक्रमणलाई संयुक्त खतरा संज्ञा दिँदै उग्रवादविरुद्ध संयुक्त लडाईंको नेतृत्व गर्न तयार रहेको बताए ।
अमेरिका र चीनबीच तनाव बढ्दै जाँदा विश्व व्यवस्थामा असन्तुलन आएको छ र यस्तोमा मोदीको विदेशनीतिले आकार लिँदैछ ।
व्यापारिक विषयमा असहमतिका कारण भारत र अमेरिकाको सम्बन्ध पनि खराब चरणमा छ ।
अमेरिकाले भारतको ५.६ अर्ब डलरको निर्यातमा पनि कर लगाउने घोषणा गरेको छ । तर ठूलो समस्याको एउटा अंग मात्र हो यो ।
तर भारत सरकारले अमेरिकासँग आर्थिक र जनताबीतको सम्बन्ध प्रगाढ बनाउने प्रयास जारी राख्ने बताएको छ ।
तर आगामी दिनहरू चुनौतीपूर्ण हुन सक्ने स्पष्ट छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले केही महिनापछि चुनाव लड्नुपर्नेछ ।
यस्तो अवस्थामा उनी संसारभरि व्यापारिक विषयमा अमेरिकी हितको सुरक्षामा जोड दिइरहनेछन् ।
यी सबै कुरालाई विचार गरेर मोदीले पूर्व परराष्ट्रसचिव एस जयशंकरलाई परराष्ट्रमन्त्री बनाएका हुन् ।
भारतले क्षेत्रीय स्तरमा आफ्नो पहिचान परिवर्तन गर्न चाहेको संकेत पनि जयशंकरको नियुक्तिले दिएको छ ।
मोदीले आफ्नो शपथग्रहण समारोहमा बिम्स्टेकका सदस्य राष्ट्रहरूलाई बोलाएका थिए ।
संगठनमा नेपाल, बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्यान्ड र भुटान छन् ।
विगत केही वर्षदेखि भारत सरकारले आफ्नो परराष्ट्रनीतिमा यस संगठनलाई प्राथमिकता दिएको छ ।
बीस वर्षभन्दा पुरानो यस संगठनमा विश्व जनसंख्याको लगभग २१ प्रतिशत मानिस बस्छन् । यी सबै देशको कुल गार्हस्थ्य उत्पादन २.५ खर्ब डलरभन्दा बढी छ ।
मोदी सरकारले बिम्स्टेकमा जोड दिनुअघि क्षेत्रमा सार्कको अस्तित्व थियो जुन अहिले मरणासन्न अवस्थामा छ ।
सन् २०१४ मा मोदीले आफ्नो शपथग्रहण समारोहमा सार्क देशलाई निमन्त्रण गरेका थिए ।
सार्कलाई बेवास्ता गरेर बिम्स्टेकमा ध्यान दिएपछि मोदीले पाकिस्तानसँग सहकार्य गरेर केही उपलब्धि नहुने आकलन गरेको बुझिन्छ ।
भारतले बिम्स्टेकलाई केन्द्रमा राखेर परराष्ट्रनीति बनाएर पूर्वी सिमानामा ध्यान दिन चाहेको देखिन्छ ।
मोदीले भारतको रणनीतिक परिधिलाई नयाँ रूप दिन तथा भारतका छिमेकी देशलाई बढी अनुकूल शर्तमा परिभाषित गर्न कोशिश गरेका हुन् ।
सन् २०१४ मा काठमाडौंमा भएको सार्क सम्मेलनमा मोदीले क्षेत्रीय सहयोगका अवसरलाई सार्क अन्तर्गत वा त्यसबाहिर रहेर उपयोग गर्ने कोशिश गरिने बताएका थिए ।
मोदी सरकारले आफ्नो आरम्भिक कार्यकालमा पाकिस्तानसँग सहकार्य बढाउने कोशिश गरेको थियो तर त्यसबाट कुनै उपलब्धि हासिल नहुने देखेपछि सरकारले बिम्स्टेकलाई ध्यान दिन थाल्यो ।
सन् २०१६ मा इस्लामाबादमा हुनुपर्ने सार्क सम्मेलन भारतले बहिष्कार गरेपछि अन्य देशले पनि त्यही बाटो अपनाए । कश्मीरमा आतंकवादी आक्रमणमा पाकिस्तानको हात रहेको भन्दै भारतले सम्मेलन बहिष्कार गरेको थियो ।
यस्तो अवस्थामा भारत सरकार बिम्स्टेकमा आफ्नो ध्यान केन्द्रित गरेर यसलाई रचनात्मक ढंगले अघि बढाउन तत्पर भएमा भारतलाई दक्षिणपूर्व एसियामा आफ्नो स्थान बलियो बनाउन सहयोग पुग्छ ।
भूराजनीतिक अशान्तिको यस युगमा भारतले चीनसँग पनि सम्बन्ध धनीभूत गर्न चाहेको देखिन्छ । इन्डोप्यासिफिक क्षेत्रमा भारतको स्थान सुदृढ बनाउन र क्षेत्रमा स्थायी सन्तुलनको कोशिश मोदीले गर्नेछन् ।
भारतले आफूलाई सन्तुलन बनाउने देशका रूपमा उभिनुको साटो आफ्नो पहिचान एक प्रमुख शक्तिका रूपमा बनाउन खोजेको देखिन्छ ।
मोदीले पहिलो कार्यकालमा के तर्क गर्दै आएका थिए भने विश्व व्यवस्थामा भारतले सक्रिय रूपमा संसारको नियम बनाउने शक्तिको स्थानमा सन्तुलन बनाउने शक्तिका रूपमा काम गरेको छ ।
तर यस चुनावमा उनले प्रचण्ड बहुमत पाएपछि भारतको परराष्ट्रनीतिमा परिवर्तन गर्न सक्ने देखिन्छ ।
मोदी र उनको टीमले यसका लागि भरमग्दूर प्रयास गरिरहेका छन् ।
बीबीसी हिन्दीमा प्रकाशित हर्ष पन्तको विश्लेषण
हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...