नेप्से निरन्तर ओरालो

जेठ ३०, २०७६

काठमाडौं- निरन्तर ओरालो लाग्दै आएको शेयर कारोबार मापक परिसूचक बिहीवार पनि करीब तीन अंकले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.९२ बिन्दुले घटेर एक हजार २६९.५५ बिन्दुमा झरेको छ ।


ADVERTISEMENT

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५३ बिन्दुले घटी २७१.८१ मा पुगेको छ । 

परिसूचक घटेसँगै कारोबारमा पनि गिरावट आएको छ । स्टकका अनुसार १७० कम्पनीको १४ लाख २३ हजार ६८७ कित्ता शेयर ४५ करोड ६५ लाख छ हजार ९४५ रुपैयाँमा खरीद बिक्री भए । कारोबार भएका कूल ११ उपसमूहमध्ये होटल ४.१९ बिन्दुले बढेको छ भने बैंकिङ २.०९, विकास बैंक ३.०७, जलविद्युत्  ५.९३, वित्त ५.१३, निर्जीवन बीमा २३.१८, उत्पादन १८.२७, अन्य ०.३१, लघुवित्त २.८५, जीवन बीमा १४.७२ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ । 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस