२ किशोरी र १ पुरुष मृत फेला

फाइल फोटो
जेठ ३०, २०७६

काठमाडौं– दाङ, मोरङ र सिराहामा गरी ३ जना मृत फेला परेको प्रहरीले जनाएको छ । 

दाङको घोराही उपमहानगरपालिका–१ झिमिरेखुट्टी बस्ने १८ वर्षीया निर्मला कुवँर सोही ठाउँस्थित मालझार्की सामुदायिक वनमा बिहीवार बिहान मृत फेला परेकी हुन् । 


ADVERTISEMENT

मंगलवार दिउँसो घरबाट निस्किएको र घरमा नआएपछि खोजी गर्ने क्रममा घरदेखि पैदल डेढ घण्टा उत्तर उक्त वनमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । 

यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका–८ सोमबारे बस्ने ३१ वर्षकी बिमला परियार सोही नगरपालिका–१ स्थित हरियाली सामुदायिक वनमा बिहीवार बिहान मृत फेला परेकी हुन् । 

सिराहा, लाहान नगरपालिका–२४ चोर्नियास्थित आँप बगानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षका पुरुष बिहीवार बिहान मृत अवस्थामा फेला परेका छन् । 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार