आमालाई दोस्रो बिबाहको शुभकामना दिँदै गोकुलले लेखे भावुक स्ट्याटस, भयो भाइरल

जेठ ३०, २०७६

काठमाडौँ -भारतको केरलाको एक व्यक्तिले आफ्नी आमाले दोस्रो बिबाह गरेपछि फेसबुकमा भावुक 'स्ट्याटस' लेख्दै शुभकामना दिएका छन् ।

केरलामा बस्ने एक इन्जिनीयर गोकुल श्रीधरले मंगलवार फेसबुकमा आमालाई शुभकामना दिँदै लेखेका छन्, 'दोस्रो बिबाह अझै पनि मान्छेहरूले स्वीकार गर्दैनन् । म आमालाई बधाई र शुभकामना दिन चाहन्छु ।'


ADVERTISEMENT

उनले लेखेको पोस्ट भाइरल भएको छ । 'मैले एकपटक मेरी आमाको टाउकोबाट खुन बगिरहेको देखें, उहाँलाई धेरै प्रताडित गरिएको थियो,' आमाले दुख पाएको प्रसंग उल्लेख गर्दै गोकुलले लेखेका छन्, 'मैले जब आमालाई यत्तिको दुख किन सहन गरिरहनु भएको छ भनेर सोधें । आमाले मेरो लागि बाँचेको र जस्तोसुकै दुख पनि सहन सक्ने बताउनुभएको थियो ।'

आफूले फेसबुकमा यस्तो पोस्ट लेख्न धेरै सोचविचार गरेको भन्दै गोकुलले मलेआलम भाषामा लेखेका छन्, 'जब मैले आफ्नी आमाको औंला समातेर घर छोडें तबदेखि नै मैले आमाको दोस्रो विवाह गराइदिनुपर्छ भनेर सोचेको थिएँ । मेरी आमाले मेरो लागि धेरै संघर्ष गर्नुभएको छ । मेरो लागि आफ्नो 'करियर' त्याग्नुभयो । म यसभन्दा अगाडि केही भन्न चाहन्न ।'

अन्तयमा उनले लेखे, 'बिबाहको शुभकामना आमा !'

 

-एजेन्सीको सहयोगमा 

 

 

 

जेठ ३०, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार