×

NMB BANK
NIC ASIA

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र वेस्ट इन्डीज दुवै हेभीवेट, रोमाञ्चक भिडन्तको अपेक्षा

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – विश्वकप क्रिकेट अन्तर्गत शुक्रवार इंग्ल्यान्ड र वेस्ट इन्डीजबीच भिडन्त हुँदैछ । यी दुवै टोलीका ब्याट्स्म्यानहरू विस्फोटक ब्याटिङ गर्छन् र दुवै टोलीका बलरहरू उत्तिकै खतरनाक छन् । 

Muktinath Bank

त्यसमाथि साउथह्याम्पटनको पिचमा रनको पहाड बन्ने गर्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुवै टोलीले सेमिफाइनल पुग्नका लागि भरमग्दूर प्रयास गर्नेछन् । अस्ट्रेलियाले पाकिस्तानलाई हराएपछि सेमिफाइनलका लागि बलियो सम्भावना देखाएको छ भने भारत र न्युजील्यान्डबीचको खेल रद्द भएपछि दुवै टोलीले अंक बाँड्दा अन्य टोलीलाई घाटा लागेको छ । 


Advertisment
Nabil box
Kumari

आजको खेल हार्ने टोलीलाई अगाडि बढ्न निकै नै अप्ठ्यारो पर्छ । इंग्ल्यान्डले त झन् आजको म्याच जित्नैपर्नेछ किनकि उसले प्रतियोगिताका बलिया टोलीहरू भारत, अस्ट्रेलिया र न्युजील्यान्डसँग भिड्नै बाँकी छ । 

Vianet communication
Laxmi Bank

अस्ट्रेलियाविरुद्ध मजबूत पोजिसनमा भए पनि खेल हार्न पुगेको वेस्ट इन्डीजले दक्षिण अफ्रिकाविरुद्ध पानी परेका कारण खेल्नै पाएन । भारत र न्युजील्यान्डविरुद्ध प्रभावशाली प्रदर्शनका लागि पनि वेस्ट इन्डीजले आजको खेल जित्नुपर्छ । अनि त्रिपक्षीय शृंखलामा आफूलाई हराएको बंगलादेशलाई पनि उसले सामना गर्न बाँकी नै छ ।

इंग्ल्यान्ड र वेस्ट इन्डीजको आजको म्याचको कुरा गर्नुपर्दा एकातिर आक्रामक ब्याट्स्म्यान क्रिस गेल छन् भने अर्कातिर जेसन रोय र जोनी बेयरस्टो छन् । अनि इंग्ल्यान्डका बलर जोफ्रा आर्चरका विरुद्ध वेस्ट इन्डीजका खतरनाक बलर ओशेन टमस छन् । 

छक्का हान्न माहिर आन्द्रे रसेलको सामुन्ने हुनेछन् चौकाका बादशाह जोस बटलर । इंग्ल्यान्डका कप्तान ओइन मोर्गन र वेस्ट इन्डीजका कप्तान जेसन होल्डर दुवै गजबको नेतृत्व दिन्छन् । उनीहरूले उत्कृष्ट रणनीतिको नमूना प्रस्तुत गरेका छन् ।

साउथह्याम्पटनमा यो हप्ताभरि पानी परिरहेको छ । शुक्रवार पानी पर्न बन्द भएर आकाश खुले हुन्थ्यो भनी कामना गर्नुबाहेक अर्को उपाय छैन । लामो समयदेखि पिचलाई छोपिएकाले त्यसको अवस्था कसैलाई थाहा छैन । तर दक्षिण अफ्रिकाविरुद्ध सम्भव ७.३ ओभरमा वेस्ट इन्डीजका तीव्र गतिका बलरहरूले राम्रो प्रदर्शन गरेको देख्दा टस जित्ने टोलीले बलिङ नै रोज्ने पक्का छ ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x