×

NMB BANK
NIC ASIA

काठमाडौं – लागूऔषध प्रयोग गर्ने तरिकामा पछिल्लो समय परिवर्तन आएको प्रहरीले जनाएको छ ।

Muktinath Bank

विगत ५–७ वर्षअघि लागूऔषध चरेश, हेरोइन, कोकिनजस्ता लागूऔषधको निकै नै प्रयोग गर्ने गरेको लागूऔषध नियन्त्रण व्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाले बताए तर अहिले पूरानो अवस्था फेरिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजकल ‘फर्मासिटीकल’ लागूऔषध ट्याबलेट, सूइँ, एम्फेटामाइन, मेटाफिनजस्ता लागूऔषध प्रयोगकर्ता बढी रहेको एसएसपी लामाले बताए ।


Advertisment
Nabil box
Kumari

‘पहिला–पहिला सांगठनिक रुपमै लागूऔषध बिक्री गर्ने गिरोह नै सक्रिय हुने गरेको थियो तर अहिले भने त्यस्ता गिरोहहरू छैनन्, अहिले लागूऔषध प्रयोगकर्ताले स–साना परिणाममा आफैं ल्याउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ,’ लामाले भने ।

Vianet communication
Laxmi Bank

अघिल्लो वर्षभन्दा १ लाख बढी बरामद

अघिल्लो वर्षभन्दा फर्मासिटीकल लागूऔषध १ लाख ३८ हजार ८ सय ६५ वटा बढी बरामद गरिएको छ । सन् २०१७ को तथ्यांकलाई हेर्ने हो भने ब्रुपिनोफाइन ३१ हजार ५ सय ६७ वटा, डाइजापाम ४९ हजार ३ सय ४ वटा र अन्य लागू औषध १ लाख ८१ हजार २ सय ३ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । 

सन् २०१८ को तथ्यांक हेर्दा ब्रुपिनोफाइन ५८ हजार ९ सय ६३ वटा, डाइजापाम ६६ हजार ४ सय ३० वटा, र अन्य लागूऔषध २ लाख ७५ हजार ५ सय ४६ वटा बरामद गरिएको छ ।

फर्मासिटीकल लागूऔषध प्रायः सबैजसो खुला सीमाना भएका कारणले भारतबाट भित्रिने गरेको एसएसपी लामाले लोकान्तरलाई बताए । ‘नेपाल–भारत सीमाना खुला छ । भारतमा औषधि पसलमा विना प्रेसक्रिप्सन विना नै पाइन्छ । मोटरसाइकलमा राखेर ल्याएको पाइन्छ । बोर्डरमा चेकजाँज गर्ने संयन्त्र छैन,’ उनले भने ।

भारतमा लागूऔषध कारोबार खुलेआम भएकाले नेपालमा पूर्णरुपमा नियन्त्रण गर्न नसकिने बताउँदै लामाले भारतले नियन्त्रण गरे मात्र नेपालमा नियन्त्रण गर्न सजिलो हुने बताए ।

के गर्दैछ प्रहरी ?

नेपालका काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, पोखरा र काठमाडौंसहित ७ ठाउँमा मातहत कार्यालयले निगरानी गरिराखेको एसएसपी लामाले लोकान्तरलाई बताए । 

ब्यूरोले लागूऔषध कारोबार अभियोगमा सन् २०१७ मा नेपाली पुरुष ३ हजार ६ सय ३९, महिला १ सय ९३, भारतीय १ सय २४ र अन्य देशका १५ जना गरी ३ हजार ९ सय ४१ जनालाई पक्राउ गरेको छ । सन् २०१८ मा नेपाली पुरुष ४ हजार ५ सय ३६, महिला १ सय ९५, भारतीय १ सय ५६ र अन्य देशका ११ जना गरी ४ हजार ८ सय ९८ जना पक्राउ परेका छन् ।

‘हामीले पहिलेभन्दा कडाइ गर्दै लगेका छौं, अझ लाग्ने छौं,’ लामाले भने, ‘सामुदायिक प्रहरी अभियानमार्फत पनि समाजमा विभिन्न कार्यक्रम गरिरहेका छौं । यसले पनि समाजमा चेतनाको स्तरलाई बढाउँछ र आगामी दिनमा लागूऔषध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ ।’

कस्ता फसेका छन् दुर्व्यसनीमा ?

बढ्दो सूचनाको पहुँचले गर्दा युवायुवती विलासी जीवन बिताउने सपना देख्छन् । अझ १६ वर्षदेखि २५ वर्षसम्मका किशोरकिशोरीलाई नयाँ चिजको स्वाद लिन मन लाग्ने भएकाले पनि दुर्व्यसनीमा फस्ने गरेको एसएपी लामाले बताए ।

‘सूचना प्रविधिको विकास यति छिटो छ कि नजिकका टाढा र टाढाका नजिक भएका छन् । यसले गर्दा किशोरकिशोरीमा केही नयाँ गरौं भन्ने भावना जाग्छ, जसका कारणले दुर्व्यसनीमा फसेका छन्,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x