माघ ८, २०८०
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
काठमाडौं – उद्योग विभागमार्फत् आउने वैदेशिक लगानीमा करीब ७८ प्रतिशत घटेको छ ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा वैदेशिक लगानीमा ७७ दशमलव ४९ प्रतिशतले कमी आएको हो ।
आर्थिक वर्ष २०७४/०७५ को साउन १ गतेदेखि जेठ २० गतेसम्म कुल वैदेशिक लगानी ५१ अर्ब ४१ करोड ८५ लाख २० हजार रुपैयाँ आएको थियो । चालू आर्थिक वर्षको सोही अवधिमा वैदेशिक लगानी घटेको विभागको तथ्यांकमा छ ।
चालू आर्थिक वर्षको साउन १ गतेदेखि जेठ २० गतेसम्म ११ अर्ब ५७ करोड ३९ लाख २० हजार रुपैयाँ वैदेशिक लगानी आएको छ । यो गत वर्षभन्दा ७७ दशमलव ४९ प्रतिशतले कम हो ।
गत आर्थिक वर्ष र चालू आर्थिक वर्षमा वैदेशिक लगानी हेर्ने ढाँचा फेरिएकाले वैदेशिक लगानी कम देखिएको विभागले जनाएको छ ।
विभागका महानिर्देशक विनोदप्रकाश सिंहले यसअघि १० अर्ब रुपैयाँभन्दा कमका आयोजना विभागमार्फत आउने र चालू आर्थिक वर्षमा ६ अर्बभन्दा कमका उद्योग मात्रै विभागमार्फत आउने भएकाले चालू आर्थिक वर्षमा वैदेशिक लगानी कम भएको बताए । ‘अहिले ६ अर्बभन्दा बढी रकमका आयोजना लगानी बोर्डमार्फत आउने गर्छन्,’ महानिर्देशक सिंहले भने, ‘त्यसो भएको हुँदा पनि बोर्डमार्फत आउने वैदेशिक लगानी बढेको हुन सक्छ ।’
यसअघि १० अर्ब रुपैयाँ लगानीभन्दा बढीका आयोजना लगानी बोर्डमार्फत आउने र सोभन्दा कमका आयोजना उद्योग विभागमार्फत आउने गरेको थियो । नयाँ कार्यान्वयनमा आएको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले ६ अर्बभन्दा कम रुपैयाँका आयोजना मात्रै विभाग र सोभन्दा बढी रकमका आयोजना लगानी बोर्डमार्फत मात्रै स्वीकृति गर्ने व्यवस्था गरेको छ ।
विभागका अनुसार गत चैत मसान्तसम्म पनि ११ अर्ब ५७ करोड नै विदेशी लगानी आएको छ । पछिल्लो २ महिनाको वैदेशिक लगानीको तथ्यांक समेत सिस्टममा इन्ट्री नगरिएको महानिर्देशक सिंहले बताए । ‘५ करोड रुपैयाँभन्दा कमका आयोजना स्वीकृति गर्ने कि नगर्ने भन्ने अन्योल थियो,’ उनले भने, ‘त्यही अन्योलले पछिल्लो २ महिनाको तथ्यांक हाम्रो सिस्टममा इन्ट्री हुन सकेको छैन ।’
मुलुकको विकासको लागि वैदेशिक लगानी महत्त्वपूर्ण मानिने अर्थविदहरू बताउँछन् । अर्थविद् एवं नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सरकारले वैदेशिक लगानी भित्र्याउने हल्ला बढी गरेपनि त्यसका लागि राम्रो सन्देश प्रवाह गर्न नसकेको बताए ।
‘लगानी सम्मेलन गर्यौं । हामी यस्तो गर्छौं, उस्तो गर्छौं भन्यौं तर हामीले लगानीका लागि राम्रो सन्देश दिन सकेका रहेन छौं भनेर बुझ्नुपर्छ,’ पूर्व गभर्नर क्षेत्रीले भने, ‘प्रसारप्रसार र विदेशी लगानीकर्तालाई विश्वासमा दिलाउन कुटनीतिक क्षेत्रमा अधिकारसहितको व्यक्ति नियुक्त गर्नुपर्छ ।’
चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष २०७३/०७४ को तुलनामा पनि न्यून वैदेशिक लगानी आएको तथ्यांकले देखाउँछ । २०७३ साउन १ गतेदेखि २०७४ जेठ २० गतेसम्म १३ अर्ब ५५ करोड ५९ लाख रुपैयाँको वैदेशिक लगानी आएको थियो ।
कुन क्षेत्रमा कति लगानी ?
उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको समीक्षा अवधिमा उत्पादनमूलक क्षेत्रमा ५ अर्ब ४८ करोड ५१ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी आएको छ । गत आर्थिक वर्षमा सो क्षेत्रमा ६ अर्ब २७ करोड ५४ लाख १ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी आएको थियो ।
चालू आर्थिक वर्ष पर्यटन क्षेत्रमा ३ अर्ब ७६ करोड ६७ लाख ९ हजार वैदेशिक लगानी आएकोमा सेवा क्षेत्रमा १ अर्ब ८५ करोड ५७ लाख ९ हजार रुपैयाँ बराबरको लगानी आएको छ । गत वर्ष सो क्षेत्रमा क्रमशः २ अर्ब ८१ करोड र १ अर्ब ८७ करोड रुपैयाँको वैदेशिक लगानी आएको थियो ।
चालू आर्थिक वर्षमा कृषि तथा वन क्षेत्रका उद्योगमा वैदेशिक लगानी १५ करोड ३२ लाख, सूचना प्रविधिको क्षेत्रमा २९ करोड ९४ लाख र खनिज क्षेत्रमा १३ करोड १६ लाख रुपैयाँको वैदेशिक लगानी आएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा कृषि तथा वन क्षेत्रमा १ अर्ब ९१ करोड १६ लाख, सूचना प्रविधि क्षेत्रमा ३१ करोड २८ लाख र खनिज क्षेत्रमा २ अर्ब रुपैयाँको वैदेशिक लगानी आएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...