×

NMB BANK
NIC ASIA

सयौंको संख्याले मन्दिर भन्दै भुईंमा ढोगेर कोइराला निवास प्रवेश गरे, स्तब्ध बन्यो माहोल !

जेठ ३१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर - विराटनगरस्थित कोइराला निवासबाट सरकारले एकाएक नियोजित रुपमा सुरक्षाकर्मी हटाएपछी देशैभरका कांग्रेस कार्यकर्ताहरू आक्रोशित बनिरहेका बेला सयौंको संख्याका कांग्रेस कार्यकर्ताहरू विराटनगर पुगेका छन ।

Sagarmatha Cement
Muktinath Bank

काठमाडौँको सुन्दरीजलमा रहेको बीपी संग्रालयका अध्यक्ष परशुराम पोख्रेलको नेतृत्वमा करिब २ सय संख्याको समूह विराटनगर पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोइराला निवासलाई मन्दिरको स्वरूप सम्झदै टाउँको भूँइमा राखी दर्शन गरेर निवास प्रवेश गरेको घटनाले उपस्थित सबैलाई स्तब्ध बनाएको कांग्रेस मोरङ्का सभापति डिगबहादुर लिम्बुले बताए ।


Advertisment
Nabil box
Kumari

सयौंको समूहलाई कोइराला निवासका सहयोगी शुभनारायण राय, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बु, सचिव मोदराज घिमिरे, विराटनगर महानगरका मेयर भिम पराजुली, कांग्रेस नेतृ रुक्मणी कोइराला, ट्रेड युनियन कांग्रेसका नेता नारायणबाबु कार्की, प्रदेससभा सदस्यहरु-लोकप्रसाद संग्रौला र शिवनारायण सिंह, विराटनगरका स्थानीय सञ्चारकर्मी लगायतले स्वागत गरेका थिए ।

Vianet communication
Laxmi Bank

समूहले शुक्रवार दिउँसो कोइराला निवास दण्डवत गरेरै प्रवेश गरे । यति ठूलो संख्यामा कार्यकर्ताले निवासको भुईंमा दण्डवत गरेर एकै पटक कोइराला निवास प्रवेश गरेको यो पहिलो घटना थियो ।

यो घटनाले कोइराला निवासको गरीमा र महत्त्व अझ उचाईमा पुगेको परशुराम पोखरेलले बताए । बीपी र गिरीजाप्रसाद कोइरालाको विचार र आर्दशलाई मेचीदेखि महाकालीसम्म एउटै मालामा गोलबन्द गर्न यो अभियान सुरू गरेको उनको भनाइ थियो ।

दोस्रो चरणमा गणतन्त्रात्मक संविधान जारी गर्ने पूर्व प्रधानमन्त्री सुशील कोइरालको कर्म थलो नेपालगन्ज र पूर्व प्रधानमन्त्री शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुरा भ्रमण गर्ने कार्यक्रम तय गरिएको उनले जानकारी दिए । सहभागीहरूले कोइराला निवासबाट संघीय सरकारले सुरक्षाकर्मी हटाउनु दुखद घटना भएको बताउॅदै सरकारले बीपी र गिरिजाप्रसाद माथि अपमान भएको टिप्पणी गरेका छन् ।

पंचायतकालमा कांग्रेसको सुराकी लिनकै लागी भएपनि निवासमा सुरक्षाकर्मी राखिएको स्मरण गर्दै गणतन्त्र आएपछि हठात् फिर्ता बोलाउनु राम्रो नभएको त्यहाँ उपस्थित कार्यकर्ताहरूले टिप्पणी गरेका थिए ।

यस विषयमा ध्यानआर्कषण गराउन प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीलाई ज्ञापन पत्र बुझाउने पोखरेलले बताए । भारतको फारविसगंज कांग्रेसले गरेको विमान अपरण घटनास्थल अवलोकन गर्न टोली शुक्रवारनै त्यसतर्फ प्रस्थान गरेको छ । विमान अपरणका कमाण्डर बसन्त भट्टराई फारविसगंज  गएका छन ।

पञ्चायत विरूद्धको आन्दोलनको क्रममा बीपी कोइरालाले ८ बर्ष सुन्दरीजलमा कष्टकर जेल जीवन बिताएका थिए । सोही स्मरणमा सुन्दरीजलको माटो र संग्राहलयको तस्विर कोइराला निवासलाई हस्तान्तरण गरिएको थियो । संग्राहलयका अध्यक्ष पोखरेलले मोरङ कांग्रेसका सभापति डीगबहादुर लिम्बू र निवासकी सहयोगी पाना उरावलाई माटो र तस्वीर हस्तान्तरण गरे । कांग्रेस सभापति लिम्बूले कोइराला निवास प्रजातन्त्रवादीहरूको आस्थाको धरोहर भएको र निवासले कांग्रेसलाई संस्कारको पाठ सिकाएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x