माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
आजको आधुनिक मानिस अत्यधिक व्यस्त र तीव्र प्रतिस्पर्धात्मक जीवन जिइरहेको छ । जसले गर्दा अधिकांशलाई तनावले सताउने गर्छ । सामान्यतया तनावलाई मानसिक स्वास्थ्यसँग मात्रै जोडेर हेरेको पाइन्छ । यद्यपि, यो शारीरिक समस्या पनि हो । लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्दा आँखामा तनाव सिर्जना हुन्छ । काम धेरै गर्दा मेरुदण्ड र गर्दनमा तथा मांसपेशीमा पर्ने भारले समेत त्यहाँ तनाव सिर्जना हुन्छ । यस्ता तनाव समयमै व्यवस्थापन नगरेमा करिब ६० प्रतिशत मानिसमा टाउको दुख्ने समस्या हुने गर्छ । अब जानौँ, तनाव व्यस्थापन गर्ने उपाय :
खानपानमा ख्याल
तनावले शारीरिक अवस्थासँग प्रत्यक्ष सम्बन्ध राख्छ । खाजा नखाई बिहानैदेखि काममा जाने, खाना समयमा नखाने तथा स्वस्थ खानेकुरा सेवन नगर्ने बानीले तनाव बढाइरहेको हुन्छ । जसले शारीरिक तथा मानसिक दुवैखाले असर पुर्यारहेको हुन्छ । त्यसैले, समयमा त्यसमा पनि स्वस्थ खाना खानुपर्छ । केरा, अमला, स्याउ, जौ, कुरिलो, दूधलगायत तनाव व्यवस्थापन गर्न सहयोग गर्ने खानेकुरा खान सकिन्छ ।
योग र ध्यान गर्ने
अस्तव्यस्त जीवनशैली भएका मानिसमा तनावले स्वतः डेरा जमाउँछ । लामो समय बौद्धिक काममा बिताउने, तर शारीरिक व्यायाम नगर्ने बानीले गर्दा डिप्रेसनको सम्भावना बढेर जान्छ । त्यसैले, बिहानको समयमा योग र ध्यान गर्दा दिनभरिको समय सजिलै व्यवस्थापन गर्न सकिन्छ । साथै, धैर्य गर्ने क्षमता बढ्ने, दिमाग शान्त हुने तथा विचार व्यवस्थित गर्न सकिने हुन्छ ।
आफूलाई समय दिने कामको अध्यधिक चाप र जिम्मेवारीको बोझले मानिसलाई अल्छी बनाइदिएको छ । फुर्सदको समयमा पनि निष्क्रिय बस्ने, ग्याजेट, सामाजिक सञ्जालमा लामो समय बिताउने गर्छन् । जसले गर्दा कहिल्यै फ्रेस महसुस हुन पाउँदैनन् । त्यसैले, थोरै समय भए पनि आफ्ना लागि छुट्याउनुपर्छ । आफ्नो काम आफैँ गर्ने बानी बसाल्नुपर्छ । फुर्सदमा कोठा र घरको सरसफाइ गर्ने, एक्लै भए पनि खुला ठाउँमा समय बिताउने, आफन्त तथा साथीभाइसँग घुम्न जाने गर्नुपर्छ ।
बिहान योजना बनाउने
तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकदमै महत्वपूर्ण हुन्छ । दैनिक कामलाई आवश्यकता र महत्वका आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ । आफ्नो क्षमताले भ्याउने काम गर्नुपर्छ, त्यो पनि व्यवस्थित रूपमा । हरेक बिहान आफूले दिनभरि गर्ने कामको योजना बनाउनुपर्छ । जसले काम गर्न सहज हुन्छ र तनाव महसुस पनि हुँदैन ।
तनावको सामना गर्नुहोस्
कस्तो अवस्था र व्यवहारले तनाव ल्याउँछ र तनावका वेला तपाईं कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? यो बुझ्न जरुरी छ । निरन्तर अभ्यास गरेर तनावको प्रभाव आफूमा कम गर्न सकिन्छ । के कारणले तनाव भइरहेको हो भन्ने कुरा केलाएर त्यसको समाधानतिर लाग्नुपर्छ ।
न्युरोलोजिस्ट डा. दीपेश शाक्यकाे टिप्स नयाँ पत्रिकाबाट
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...