पाकिस्तानी क्रिकेटर बाबरले भने- कोहलीको ब्याटिङबाट सिक्ने प्रयास गर्दैछु्

जेठ ३२, २०७६

एजेन्सी- पाकिस्तानी टीमका मुख्य ब्याट्स्‌म्यान बाबर आजमले आफूले भारतीय कप्तान विराट कोहलीको ब्याटिङबाट खेल सुधार्न कोशिश गर्ने गरेको खुलासा गरेका छन् । 

बाबरले शुक्रवार यस्तो बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 


ADVERTISEMENT

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको क्रिकेट विश्वकपमा आइतवार भारत र पाकिस्तान भिड्दैछन् । 

बाबरले भने, 'मैले कोहलीको ब्याटिङ हेर्ने गरेको छु । त्यसबेला मैले उनले कसरी अलग-अलग परिस्थितिमा ब्याटिङ गर्छन् भन्ने भने हेर्छु । र म उनलाई हेरेर सिक्ने कोशिश गर्छु । 

बाबरले आफ्नो सिकाइको प्रक्रियाबारे भने, 'मैले अनुभवीसँग सिक्ने कोशिश गर्ने गर्छु । यो नै मेरो सिक्ने प्रक्रिया हो । मैले आफ्नो शतप्रतिशत खेल प्रदर्शन दिने कोशिश गर्छु । कोहलीको भारतका लागि जीतको अनुपात धेरै छ । मेरो कोशिश यो हो कि म आफ्नो देशका लागि त्यो हासिल गर्न सकूँ ।' 

विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ६ पटक भिडेका छन् । तर पाकिस्तानले भारतसँग सबै खेल गुमाएको छ । 

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार