गर्मीमा लामखुट्टेले हैरान पारेको छ ? यसरी भगाउनुस्

जेठ ३२, २०७६

काठमाडौं– गर्मीयाम शुरू भइसकेको छ  । यही मौसममा लामखुट्टेहरू बढी सक्रिय हुन्छन् । लामखुट्टेको टोकाइबाट विभिन्न रोग फैलनुका साथै अन्य खतरा पनि निम्तिन सक्छ ।

लामखुट्टेबाट छुटकारा पाउन धेरै किसिमका धूप र ‘लिक्विड’हरूको प्रयोग गर्ने गरिन्छ । तर यिनमा धेरै केमिकल हुन्छ । यी केमिकलले केही समयको लागि लामखुट्टेलाई भगाएपनि यसको प्रयोगले धेरैजसोलाई एलर्जी र अन्य विभिन्न समस्याहरू हुने गर्छ ।


ADVERTISEMENT

बजारमा पाइने ल्याएको धूप र लिक्विडको प्रयोग स्वास्थ्यका लागि हानिकारक नै हुने गर्छ । त्यसैले यी यस्ता चिजको प्रयोगबाट मुक्ति पाउनका लागि यी चार घरेलु उपायहरूको प्रयोग गर्नु उपयुक्त हुनसक्छ ।

नीम

नीमलाई प्राकृतिक औषधिका रूपमा लिइन्छ र यसमा एन्टीब्याक्टेरियल गुणहरू पाइन्छ । अध्ययन अनुसार नीमको तेलमा अन्य केमिकलयुक्त धूपमा भन्दा दश गुणा बढी लामखुट्टे मार्नसक्ने शक्ति हुन्छ । यसको प्रयोगले स्वास्थ्यमा कुनै प्रकारको असर हुँदैन । नीमको पेस्ट छालामा दल्दा लामखुट्टे शरीरको वरिपरि आउँदैनन् ।

कागती र ल्वाङ

कागतीलाई बीचबाट काटेर त्यसभित्र पाँच वा छओटा ल्वाँग राख्ने र कागतीलाई घरको हरेक कुनामा राख्ने हो भने लामखुट्टे घरबाट टाढा भाग्छ ।

तुलसी

तुलसीलाई हिन्दुहरूले भगवानको रूपमा पूजा गर्दछन् । तुलसीलाई घरआँगनमा रोप्नाले यसको बास्नाले लामखुट्टेलाई घरबाट टाढा राख्छ ।

लसुन 

लसुनको केही टुक्रा र ल्वाँगलाई पिसेर पानीमा उमाल्ने । अनि यो पानीलाई राम्ररी छानेर स्प्रेको बोतलमा राख्ने र घरको सबै ठाउँ र कुनाहरूमा छर्ने । यसको प्रयोगले लामखुट्टेसँगै कीरा र माकुराहरूलाई पनि टाढा राख्छ ।

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा समाचार