नेपाल प्रहरीका १९ डीआईजीको सरुवा, को–कहाँ ? (सूचीसहित)

जेठ ३२, २०७६

काठमाडौं– नेपाल प्रहरीका १९ प्रहरी नायव महानिरीक्षक (डीआईजी)को सरुवा भएको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

निर्णयअनुसार हाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोमा कार्यरत कमल बहादुर जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोज टंगालमा सरुवा भएको छ । 


ADVERTISEMENT

यस्तै प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरमा कार्यरत केदार रिजालको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको छ । 

यस्तै प्रदेश ५ प्रहरी कार्यालय दाङमा कार्यरत पिताम्बर अधिकारीको प्रहरी प्रधान कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ । 

सरुवाको पूर्ण सूची हेर्नुहोस्ः

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस