प्रेस युनियनभित्र महाधिवेशनको माग

जेठ ३२, २०७६

दमौली । निर्धारित मितिमा नेपाल प्रेस युनियनको महाधिवेशन नभएपछि युुनियन भित्र महाधिवेनशको माग हुन थालेको छ ।

यसैक्रममा शनिबार पोखरामा सम्पन्न प्रेस युनियनका गण्डकी प्रदेशका प्रतिनिधीको  आकस्मिक भेलाले तत्काल महाधिवेशन गर्नु पर्ने आवाज उठाएको छ । 


ADVERTISEMENT

भेलामा गण्डकी प्रदेशका ११ जिल्लाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । भेलाका सहभागी मध्ये नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्ष डम्बर अधिकारीले संगठनलाई मजबुत बनाउनका लागि महाधिवेशन जरुरी रहेको बताएका थिए । 

यही हिसाबले प्रेस युनियन चल्ने हो भने प्रेस युनियन कमजोर भएर जाने अधिकारीको भनाई थियो । त्यस्तै अन्य सहभागीहरुले समेत तत्काल महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।त्यसका लागि पार्टीसंग समेत समन्वय गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका थिए ।
भेलामा केन्द्रीय उपाध्यक्ष रमेश पौडेल, केन्द्रीय सदस्य टंक अधिकारी , कास्की जिल्ला अध्यक्ष नविन सिग्देल लगायतले बोलेका थिए ।

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस