सशस्त्र प्रहरी बलका १३ डीआईजीको सरुवा, को कहाँ पुगे ?

जेठ ३२, २०७६

काठमाडौं– सशस्त्र प्रहरी बलका १३ डीआईजीको सरुवा भएको छ । गृहमन्त्रालयको शुक्रबारको निर्णयअनुसार डीआईजीहरुको सरुवा भएको हो । 

खड्गबहादुर राई सीमा सुरक्षा विभाग, बसन्त कुमार बानिया राष्ट्रिय सुरक्षा परिषद्, मन्दिप श्रेष्ठ सीमा सुरक्षा विभाग, चिरञ्जिवी अधिकारी गढीमाई बाहिनी मुख्यालय, नरेन्द्र बहादुर थापा बराह बाहिनी मुख्यालयमा सरुवा भएका छन् । 


ADVERTISEMENT

यस्तै राजुराम सुवाल एपीएफ स्टाफ कलेज, प्रवीण कुमार श्रेष्ठ प्रशिक्षण प्रतिष्ठान, कविन्द्र मान श्रेष्ठ मानव स्रोत विभाग, प्रजाभक्त श्रेष्ठ नम्ब्र ६ महेश्वरी बाहिनी, राजु अर्याल २ नम्बर छिन्नमस्ता बाहिनी, नारायणदत्त पौडेल नम्बर ५ बिन्ध्याबासिनी बाहिनी, चन्द्र प्रकाश गौतम नम्बर ९ पशुपति बाहिनी र गोविन्द क्षेत्री नम्बर ७ वैद्यनाथ बाहिनीमा सरुवा भएका छन् । 


 

जेठ ३२, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस