×

NMB BANK
NIC ASIA

हुआवेले आफ्नै अपरेटिङ सिस्टम ल्याउने, नाम होङमेङ प्रस्तावित

असार १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गूगलको एन्ड्रोइड सिस्टमलाई प्रतिस्थापन गर्नका लागि हुआवेले आफ्नै मोबाइल अपरेटिङ सिस्टम विकसित गरिरहेको छ । 

Muktinath Bank

यो सफ्टवेयर प्रोजेक्टका विषयमा लामै समयदेखि हल्ला चलिरहेको थियो । हुआवे बिजनेस ग्रूपका अध्यक्ष रिचार्ड युले यसमाथि सन् २०१८ देखि यसमाथि काम भइरहेको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सफ्टवेयर कस्तो हुनेछ र एन्ड्रोइडभन्दा यो कसरी फरक हुनेछ भन्ने विषयमा मानिसहरूमा जिज्ञासा छ । 


Advertisment
Nabil box
Kumari

हुआवेले नयाँ अपरेटिङ सिस्टमका लागि होङमेङ नाम प्रस्ताव गरेको छ । ट्रेडमार्कका लागि हुआवे क्यानडा, दक्षिण कोरिया, न्युजील्यान्ड र क्याम्बोडिया लगायतको देश पुगिसकेको छ । यो ट्रेडमार्कले स्मार्टफोन, कम्प्युटर, टेलिभिजन र रोबोटलाई पनि समेट्छ । होङमेङको ट्रेडमार्क चीनमा गत वर्ष दर्ता गरिएको थियो । 

Vianet communication
Laxmi Bank

हुआवेको अपरेटिङ सिस्टमलाई आन्तरिक कोड होङमेङ भनी चिनिन्छ र यसलाई आर्क ओएसको नाममा सार्वजनिक गरिने सम्भावना छ । हुआवेको अपरेटिङ सिस्टमले एन्ड्रोइड यापहरूलाई हुआवे यापग्यालरीबाट डाउनलोड गरेर सञ्चालन गराउन सक्छ । हुआवेको यापग्यालरी हुआवे र अनर फोनमा पहिले नै इन्स्टल गरिएका छन् । 

याप डिभेलोपरहरूले हुआवेको नयाँ अपरेटिङ सिस्टममा आफ्नो याप चलाउन महत्त्वपूर्ण परिवर्तन गर्नु नपर्ने देखिन्छ । तर एउटा प्राविधिक ब्लगमा लेखिएअनुसार, नयाँ अपरेटिङ सिस्टमका लागि याप थप्दा ६० प्रतिशतभन्दा बढीको पर्फर्मेन्स बूस्ट आवश्यक हुन्छ । अर्थात् कस्टमाइज नगरिएका एन्ड्रोइड यापको प्रदर्शन अन्य एन्ड्रोड फोनको भन्दा कम हुनेछ । 

हुआवे र अमेरिकाबीचको तनाव बढिरहँदा अन अमेरिका र चीनबीचको व्यापारयुद्ध चर्किरहँदा हुआवेले आफ्नै सफ्टवेयर तयार राख्नुपर्ने आवश्यकता थियो । यो सफ्टवेयर सन् २०१९ को अन्त्यसम्ममा चीनका लागि तयार हुने बताएका छन् । सन् २०२० मा यो अन्तर्राष्ट्रिय बजारका लागि तयार हुनेछ । 

हुआवेले चिनियाँ सरकारसँग मिलेर फोनमार्फत जासूसी गरेको आरोप लगाउँदै अमेरिकाले यसलाई एन्टिटी लिस्टमा राखेको छ । संसारको दोस्रो सबभन्दा ठूलो मोबाइल उत्पादक हुआवेलाई पाटपुर्जाहरू आपूर्ति गर्न अमेरिकी सरकारले स्वीकृत गरेका आपूर्तिकर्ताले पाउँछन् । 

परिणामस्वरूप गूगलले हुआवेसँग सम्बन्ध तोडेर लामो र सफल सम्बन्ध अन्त्य गर्‍यो । गूगलपछि क्वालकम र इन्टेल पनि हिँडिदिए । त्यसो त अमेरिकी सरकारले अमेरिकी कम्पनीहरूलाई हुआवेसँगको कारोबारका लागि ९० दिनको छुट दिएको छ तर अझै थप कम्पनीहरूले हुआवेसँग नाता तोड्ने हल्ला छ । 

अमेरिका र चीनबीचको तनाव नभएको भए पनि हुआवेले आफ्नै प्रविधि ल्याउने थियो । अरू कम्पनीहरूप्रतिको निर्भरता हुआवेले घटाउन खोजेको छ । यसले तेस्रो पक्षका प्रोसेसरहरू अझै पनि प्रयोग गर्ने गरेको भए पनि यसका थुप्रै डिभाइसले आफ्नै कम्पनीकै चिपहरू प्रयोग गर्ने गरेका छन् ।

एन्ड्रोइडसेन्ट्रल डट्कमबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x