कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
जनकपुरधाम – सरकारले राष्ट्रिय सभामा दर्ता गराएको गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ विवादित बनिरहेका बेला धनुषास्थित सरकारी गुठीमा बम विस्फोट गरिएको छ ।
धनुषाधाम नगरपालिका–३ स्थित धनुषाधाम धर्मशाला भवनमा जेठ ३० गते राति ९ बजे प्रेसर कुकर बम विस्फोट भएको छ ।
आपराधिक समूहको निशानामा मठ–मन्दिर, धर्मशाला पर्न थालेपछि ती स्थानको सुरक्षाका लागि गुठी संस्थानले स्थानीय प्रशासनलाई गुहार गरेको छ । गुठी संस्थान शाखा कार्यालय जनकपुरधामका कार्यालय प्रमुख मनोज शर्माले जिल्ला प्रशासन कार्यालय धनुषालाई धार्मिकस्थलको सुरक्षाका लागि पत्र लेखेर आग्रह गरेका छन् ।
गुठी संस्थान कार्यालय मातहत रहेको सुब्बा कुटी गुठी व्यवस्थापन समितिको संरक्षणमा सञ्चालित धर्मशाला भवनको पूर्वपट्टि तीर्थयात्रीले खाना पकाउने कोठामा बम विस्फोटन गरिएको छ । बम विस्फोटपछि संस्थानले व्यवस्थापन समितिका कर्मचारीलाई स्थलगत निरीक्षण गर्न खटाएको थियो । विस्फोटका कारण धर्मशालाको भान्छा कोठाको पूर्वतर्फको भागमा प्वाल परी भवनको भित्ता भत्किएको संस्थानले जनाएको छ ।
संस्थानका शाखा कार्यालय जनकपुरका प्रमुख मनोज शर्माले भने, ‘त्यहाँ आपराधिक समूहले गराएको प्रेसर कुकर बम विस्फोटबाट धर्मशालाको पर्खालबाट १५ वटा जति इँटा समेत खुस्किएको छ ।’ धार्मिक संस्था मठ, मन्दिर तथा धर्मशालामाथि आक्रमण भएपछि आगामी दिनमा आपराधिक घटना दोहोरिन नदिन तथा सुरक्षा निगरानी गर्नका लागि प्रमुख जिल्ला अधिकारीलाई पत्रमार्फत अनुरोध गरेको उनले बताए । प्रशासनमा पत्राचारपछि इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरीले विशेष सुरक्षा निगरानी गरिरहेको शर्माले बताए ।
‘मठ मन्दिरका मठाधीश, पुजारी तथा अन्य कर्मचारी पनि आगामी दिनमा चनाखो हुनु आवश्यक छ,’ संस्थानका प्रमुख शर्माले भने, ‘धार्मिक संस्थामा यस्तो घटना हुनु भनेको आपत्तिजनक हो ।’
महोत्तरीको भूमिहार समुदायका मिश्रपट्टिले दान गरेको जग्गामा बनाइएको धर्मशालामा सुब्बा कुटी व्यवस्थापन समितिले सञ्चालन गर्दै आएको छ । गुठी संस्थान कार्यालयको मातहतमा रहेको धर्मशाला सञ्चालन गर्न संस्थानले १ सहायक कर्मचारीलाई खटाएको छ । बम विस्फोट कसले र किन गरेको हो भन्ने कुरा हालसम्म नखुलेकाले थप सुरक्षा सतर्कता आवश्यक रहेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) शेखर खनालका अनुसार बम विस्फोट विप्लव समूहले गराएको बताए । ‘घटनाको अनुसन्धान जारी छ,’ एसपी खनालले लोकान्तरसँग भने, ‘घटनामा संलग्न रहेका विप्लव समूहका १ जना जाकिर राईनलाई पक्राउ गरेर मुद्दा समेत दर्ता गरिएको छ ।’ विप्लव समूहले घटना किन गराएको हो भन्नेबारे नखुलेपनि घटनामा संलग्न अन्य व्यक्तिको खोजी कार्य जारी रहेको एसपी खनालले बताए ।
जेठ ३१ गते गुठीले जिल्ला प्रशासन कार्यालयलाई गरेको पत्राचारलाई गुठी संस्थान प्रधान कार्यालय काठमाडौं, जिल्ला प्रहरी कार्यालय धनुषा, धनुषाधाम नगरपालिकाको कार्यालयलाई समेत बोधार्थ गरिएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...