×

NMB BANK
NIC ASIA

विदेशस्थित नियोग सक्रिय भए नेपालमा आर्थिक क्रियाकलापको बाढी लाग्छ : विनोद चौधरी

असार २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – नेपालका प्रतिष्ठित उद्यमी एवं नेपाली कांग्रेसका सांसद विनोद चौधरीले विभिन्न देशमा रहेका नेपालका नियोग सक्रिय भएमा नेपालका आर्थिक क्रियाकलापको बाढी लाग्ने बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार प्रतिनिधिसभा बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको लागि छुट्याइएको विनियोजन विधेयक माथिका छलफलमा भाग लिँदै सांसद चौधरीले ३९ नियोगले महिनामा एउटा मात्र आर्थिक प्रबद्र्धनको काम गरे लगानीको बाढी लाग्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हाम्रा ३९ नियोग विश्वभर फैलिएर बसेका छन्, उनीहरूको उद्देश्य आर्थिक प्रर्बद्धन हुनुपर्छ । तिनका नेपालस्थित नियोगका प्रमुख आफ्ना उद्देश्य पूरा गर्न नेपालका उच्च पदस्तकोमा पुग्छन् । ३९ मध्ये हरेक नियोगले महिनामा एउटा मात्र आर्थिक प्रबद्र्धनको कार्यक्रम गरेर लगानी भित्र्याउने खालको काम गर्न सके ५ सयभन्दा बढी आर्थिक क्रियाकलापको बाढी लाग्छ । मेरो आग्रह छ, यसो गर्न सकिने कुरा हो,’ सांसद चौधरीले संसदमा भने, ‘अरु विदेशी राष्ट्रका राजदूतका प्रतिनिधि उद्यमी व्यवसायीका साथमा घरघरमा पुग्छन् उद्योग र व्यापारको प्रवद्र्धनका लागि, उनीहरू कहाँ आएर सोध्छन् तिमीहरूलाई के ल्याइदिऔ र कसरी सहयोग गरौं । व्यापारीहरू कहिले आउला भनेर ढोका कुरेर बस्दैनन् । उनीहरूका व्यवसायीले एम्बेसीलाई आफ्नो ब्रान्च अफिस भन्ठान्छन्, उनीहरूका अपोइन्मेन्ट मिलाउने यहाँका व्यापारीलाई भेटाउने र परियोजनामा कसरी सपोर्ट गर्ने लगायत सम्पूर्ण सहयोग पुर्‍याउँछ । किनकि त्यसको कष्ट राज्यले तिरेको हुन्छ, राज्यको कष्टका लागि राजस्वका मार्फत व्यापारीले तिरेका हुन्छन् यो कुराको चेत हाम्रा निकायलाई हुन अत्यन्त जरुरी छ ।’


Advertisment
Nabil box
Kumari

पूँजी पानीजस्तै 

Vianet communication
Laxmi Bank

उद्यमी चौधरीले वातावरण भएमा लगानी आउने बताए । ‘उद्योग मन्त्रालयका अगाडि २ वटा प्रष्ट परिस्थिति उभिएको छ, एकातर्फ सिमेन्टको कारखाना र उत्पादनमा आएको परिवर्तनको उदाहरण छ । उद्योग मन्त्रालयले खानीसम्म बाटो र बत्ति पुर्‍यायो, उद्योगी आफैं पुगे,’ उनले भने, ‘पूँजी भन्ने कुरा पानी बगे जसरी हो । वातावरण बन्यो भने पानी बगेसरह हो ।’

चौधरीले उद्योगको हैसियत दिनसक्ने मन्त्रालयको रुपमा उद्योग मन्त्रालयलाई विकास गर्न जरुरी रहेको बताए । ‘उद्योग मन्त्रालयको आकार र औकात अर्थमन्त्रालयको महाशाखाभन्दा अलि माथि उठ्नुपर्‍यो, उद्योगको समस्याको समाधान दिनसक्ने हैसियत बनाउनुपर्‍यो,’ उनले भने, ‘विशेष आर्थिक क्षेत्रमा उद्योग जान चाहेनन्, यदि त्यहाँ उद्योग खोलेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने खालको वातावरण भएको भए मन्त्रीकोमा लाइन लाग्यो, किन जान चाहेनन, उद्योगले ध्यान देओस् ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x