डेंगु र गर्मीको डरले ५ दिन विद्यालय बन्द

असार २, २०७६

धरान – अत्यधिक गर्मीका कारण धरानका निजी तथा संस्थागत विद्यालय सोमवारदेखि ५ दिनका लागि बन्द गरिएको छ ।

गर्मीका कारण पठनपाठनमा समस्या आएपछि प्याब्सन, एनप्याब्सन र एसीसीले विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । 


ADVERTISEMENT

गर्मी बिदामा समायोजन गर्ने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छौं,’ विद्यालय संयोजन कमिटीका अध्यक्ष राजेन्द्र गुरुङले भने ।

धरानमा पछिल्लो समय डेंगुको प्रकोपसमेत फैलिएको छ । डेंगुको प्रकोपलाई समेत हेरी  विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

धरानमा एनप्याब्सनमा आवद्ध ३९ तथा प्याब्सनमा आवद्ध ४४ विद्यालय रहेका छन् । सामुदायिक विद्यालय भने गर्मीमा समेत सञ्चालनमै रहेका छन् । 

असार २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस