अपडेटः बझाङ जीप दुर्घटनामा १० को मृत्यु, ५ घाइते

असार २, २०७६

बझाङ –बझाङमा जीप दुर्घटना हुँदा १० जनाको मृत्यु  भएको छ भने ५ जना घाइते भएका छन् ।

सोमबार सदरमुकाम चैनपुर नजिकै डुग्रीबाट कोटदेवल जाने क्रममा मष्टा गाउँपालिका १ कोटदेवल नजिकै से १ ज १०७२ नम्बरको जीप दुर्घटना हुँदा १० जनाको मृत्यु र ५ जना घाइते भएका हुन् ।


ADVERTISEMENT

दुर्घटनामा मष्टा गाउँपालिका १ का सुरेन्द्र थापा चालक, हिम्मत खडका, सरोज खडका,जुना खडका, विपना खडका,धौलीदेवि खडका,कलक खडका,जुनधारा खडका,लक्ष्मी खडका, भक्त द्घाल गरी गरी १० जनाको घटना स्थलमा नै मृत्यु  भएको र जनक द्घाल,गोकुल शाही,संगिता खडका र गणेस खडका गरी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका डियसपी सुर्य बहादुर केसीले बताए ।

जीप सडक भन्दा झण्डै ५ सय मिटर खसेको थियो । 

असार २, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस