×

NMB BANK
NIC ASIA

असारे विकास : २० करोडको ६ लेन सडक बन्दै, भत्किँदै

असार ३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कैलाली – टीकापुर नगरपालिकाको जमरा पुलदेखि बसपार्कसम्म २० करोड रुपैयाँ लागतमा निर्माणाधीन ६ लेन सडकको काम गुणस्तरीय हुनेमा स्थानीयवासीले शंका व्यक्त गरेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

रमण केएस जेभीले २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २ दशमलव ३ किलोमिटर सडकको काम थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माण पक्षले सडकमा माटो पटानीको काम थालेको छ । उसले बलौटे माटो प्रयोग गरेका कारण सडकको गुणस्तरप्रति स्थानीयले शंका व्यक्त गरेका हुन् । गुणस्तरहीन काम भएको भन्दै आरोप लागिरहेका बेला सडक बन्दै, भत्किँदै गइरहेको छ ।


Advertisment
Nabil box
Kumari

सडक निर्माणका क्रममा प्रयोग गर्ने माटोको ल्याब परीक्षण गर्नुपर्नेमा निर्माण पक्षले त्यसो नगरेको पाइएको छ । माटोको ल्याब परीक्षण नगरेरै निर्माण पक्षले सडकको अधिकांश भागमा माटो पटानी गरेको छ ।

Vianet communication
Laxmi Bank

स्थानीय वासिन्दा शिवदत्त उप्रेतीले सडकमा बिछ्याएको माटो बलौटे भएको बताए । उनले बलौटे माटो प्रयोग गर्दा सडक गुणस्तरीय हुनेमा शंका उब्जिएको बताए । ‘सडकभरि बालुवा मिसिएको माटो बिछ्याइएको छ,’ उनले भने, ‘यसले सडक बलियो होलाजस्तो लाग्दैन ।’

संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर त्रिलोक जोशीले सडकमा प्रयोग भएको माटोको ल्याब परीक्षण नभएको बताए । उनले निर्माण पक्षले अनिवार्य २ पटक माटोको ल्याब परीक्षण गर्नुपर्ने प्रावधान रहेको जानकारी दिए । प्रावधानअनुसार सडक निर्माणमा प्रयोग गर्नुभन्दा पहिले र निर्माण गरिसकेपछि स्थलगतरूपमा माटोको परीक्षण गरिन्छ ।

‘माटोको ल्याब परीक्षण गरेर उपयुक्त भए मात्रै सडक निर्माणमा प्रयोग गर्न पाइन्छ,’ उनले भने, ‘अहिलेसम्म माटोको ल्याब परीक्षण भएको छैन, हामी त्यसको पर्खाइमा छौं ।’ उनले माटोको ल्याब परीक्षण गर्दा अनुपयुक्त भए ठेकेदारले सडकमा बिछ्याएको सबै माटो उठाउनुपर्ने बताए । उनले सडकमा बलौटे माटो प्रयोग भएको बारेमा जनगुनासो आएको बताए ।

प्राविधिकका अनुसार निर्माण पक्षले सडक निर्माणका क्रममा बिछ्याएको माटो रोलिङ गर्नुपर्ने हो । २० देखि २५ सेन्टिमिटर माटो बिछ्याएपछि अनिवार्य रोलिङ गर्नुपर्ने प्रावधान छ तर निर्माण पक्षले करीब २ फिट माटो बिछ्याउँदासम्म पनि रोलिङ गरेको छैन । स्थानीयले सडक निर्माणको काम लापरवाही ढंगले शुरू भएको आरोप लगाएका छन् जसका कारण उनीहरू सडक निर्माणको काम गुणस्तरीय हुनेमा शंका गर्न थालेका छन् । ‘अन्धाधुन्ध सडकमा माटो फालेको छ,’ एक स्थानीयले भने, ‘निर्माण पक्षले जिम्मेवार ढंगले काम शुरू गरेको देखिँदैन ।’

निर्माण पक्षले आयोजनाका बारेमा विवरण सहितको सार्वजनिक सूचनासमेत जारी गरेको छैन । कुनै पनि आयोजनाको आवश्यक जानकारी सहितको सूचना सार्वजनिकस्थलमा टाँस गर्नुपर्ने प्रावधान छ । स्थानीयका अनुसार कुनै पनि स्थानमा त्यस्तो सार्वजनिक सूचना देखिएको छैन । स्थानीय टेकनारायण पौडेलले निर्माणसम्बन्धी कुनै सार्वजनिक जानकारी नदिइएको बताए । ‘निर्माणका बारेमा सूचना दिनुपर्ने होला तर त्यस्तो सूचना कहीँकतै छैन,’ उनले भने, ‘सडक निर्माण कसरी भइरहेको छ भन्ने बारेमा हामीले जान्न पाउनुपर्छ ।’

सडक निर्माणको प्रभावकारी अनुगमनसमेत हुन नसकेको स्थानीयवासीको आरोप छ । कुनै पनि पक्षले सडक निर्माणको काममा ध्यान नदिएको उनीहरूले बताए तर संघीय आयोजना कार्यान्वयन कार्यालय कैलालीका इञ्जिनीयर जोशीले भने प्राविधिक टोली सडक निर्माणस्थलमा खटिएको जानकारी दिए । टीकापुर नगरपालिकाले सडक निर्माणको काममा समन्वय गर्ने अधिकार मात्रै छ । उसलाई सडक निर्माणको अनुगमन गर्ने अधिकार छैन । तैपनि सडक निर्माणको गुणस्तरीयताप्रति नगरपालिकाको ध्यानाकर्षण हुने नगर प्रमुख तपेन्द्रबहादुर रावलले बताए । ‘यो संघीय योजना हो, हामीले अनुगमन गर्न मिल्दैन,’ उनले भने, ‘तैपनि सडकको गुणस्तरीयताप्रति हाम्रो ध्यानाकर्षण हुने गर्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x