×

NMB BANK
NIC ASIA

कांग्रेसको अवरोधपछि रोकियो प्रधानमन्त्रीको सम्बोधन, प्रतिपक्षको शैलीमा नेकपाको आपत्ति

असार ३, २०७६

NTC
Sarbottam
फाइल तश्वीर
Premier Steels
Marvel

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ । कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसदको रोष्टममा उभिएका प्रधानमन्त्री ओली सम्बोधन नगरी फर्किएका थिए ।

Muktinath Bank

प्रधानमन्त्रीभन्दा पहिला आफ्नो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्न पाउनुपर्ने माग गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री बोलेपछि समय दिने आश्वासन दिएपनि कांग्रेस सांसदहरूले पहिले आफ्नो नेता बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी कायम राखेपछि सभामुखले संसद बैठक असार ४ गते बुधवारसम्मका लागि स्थगित गरेका छन् । 


Advertisment
Nabil box
Kumari

सम्बोधन गर्न नपाएका प्रधानमन्त्री रोष्टममा पाँच मिनेट बसेर फर्किएका थिए । रोष्टमबाट फर्केपछि ओलीेले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भलाकुसारी गर्दै संसद बैठकबाट बाहिरिएका थिए । 

Vianet communication
Laxmi Bank

सम्बोधनका लागि सदनमा पुगेर प्रधानमन्त्री बोल्न नपाएको यो दुर्लभ संसदीय अभ्यास हो । सत्तारुढ नेकपाले कांग्रेसको शैली गलत भएको प्रतिक्रिया जनाएको छ । 

संसद बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसको शैली गलत भएको टिप्पणी गरे । 

भर्खरै सम्पन्न युरोप भ्रमण र गुठी विधेयक विवादबारे ओलीले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका थिए । संसद बैठक स्थगित हुँदा विनियोजन विधेयकमाथिको छलफल समेत प्रभावित भएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x