अर्को हप्तादेखि हजारौं अवैध आप्रवासीलाई देशबाट निकाल्ने ट्रम्पको भनाइ

असार ३, २०७६

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले देशमा अवैध रूपमा बसिरहेका हजारौं मानिसलाई देशनिकाला गर्ने बताएका छन् ।

सोमवार अबेर ट्वीट गर्दै ट्रम्पले अमेरिकाको इम्मिग्रेसन यान्ड कस्टम्स इन्फोर्समेन्टले अर्को सातादेखि आप्रवासी निकाल्ने काम थाल्ने लेखे । उनले लेखे, ‘उनीहरू जति छिटो आउँछन्, त्यति छिटो निकालिन्छन् ।’


ADVERTISEMENT

ट्रम्प प्रशासनका एक अधिकारीले संघीय न्यायाधीशहरूबाट देशनिकालाको आदेश पाइसकेका तर अमेरिकामै रहिरहेका मानिसलाई पहिला निकालिने बताए । 

ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका पस्ने मध्य अमेरिकी आप्रवासीहरूको प्रवाह रोक्न कठोर कदम चालिरहेका छन् । 

ट्रम्पले राष्ट्रपतिमा पुनः निर्वाचित हुनका लागि आप्रवासलाई ठूलै मुद्दा बनाइरहेका छन् । 

एजेन्सी

असार ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस