कलंक चल्नका लागि लायक नै थिएन : वरुण धवन

असार ३, २०७६

एजेन्सी-करण जोहरको मल्टिस्टारर फिल्म 'कलंक' बक्स अफिसमा फ्लप सावित भयो । माधुरी दीक्षित, आलिया भट्ट, वरुण धवन, संजय दत्त, आदित्य राय कपूर र कुणाल खेमूजस्ता चर्चित कलाकार यस फिल्मको मुख्य भूमिकामा थिए । यसका बाबजूद पनि फिल्मलाई दर्शकले मन पराएनन् । 

करण जोहरले यस फिल्मलाई 'ड्रीम प्रोजेक्ट'को रूपमा लिएका थिए । उनले सोचेका पनि थिएनन् होला कि 'कलंक' यतिसम्म फ्लप हुन्छ भनेर । फिल्मलाई लिएर हालै वरुण धवनले एक सञ्चारमाध्यमलाई भने, 'फिल्म दर्शकलाई मन परेन । यो चल्नको लायकनै थिएन । 


ADVERTISEMENT

उनले फिल्मलाई दर्शकले मन नपराए फिल्म चल्नका लागि लायक नहुने बताए । 

जस्तो भएपनि मलाई आफ्नो फिल्मप्रति प्रेम रहनेछ । 

फिल्म फ्लप हुँदा आफूलाई केही असर परेको उनले बताए । आगामी फिल्म 'स्ट्रीट डान्सर'का लागि आफू निकै उत्साहित भएको उनले बताए । 

असार ३, २०७६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस