×

NMB BANK
NIC ASIA

नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो : मन्त्री खनाल

असार ३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

ललितपुर- कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले नेपालमा कृषि क्षेत्रमा अध्ययन र अनुसन्धानको पाटो निकै फितलो भएको बताएका छन् । 

Muktinath Bank

कृषि क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाले मंगलवार खुमलटारमा आयोजना गरेको ‘नेपाली तरकारीको सामाजिक–आर्थिक पक्ष र त्यसबाट प्राप्त हुने पौष्टिक आहार’ विषयको दुइदिने छलफलको उद्घाटन गर्दै उनले नेपालका वैज्ञानिकले कृषि र स्वदेशी उत्पादनमा खासै ध्यान नदिएका कारण देशका धेरै सरकारी जमिन बाँझो रहँदै अन्य मुलुकसँग परनिर्भर बन्नुपरेको औंल्याए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री खनालले नेपाललाई आवश्यक बीउबिजन र खाद्यान्न आपूर्तिमा समस्या हुनु नेपालका वैज्ञानिकको कमजोरी भएको बताए । 'नेपालको कृषितर्फको संयन्त्र बलियो निर्माण गर्न सकेको छैन,' खनालले भने, 'विसं २०३२/३३ तिर नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अवस्था निकै राम्रो थियो । त्यसका आधारमा हाल कृषि उत्पादनको क्षमता १० गुणा वृद्धि हुनुपर्नेमा झन खुम्चिँदै गएको देखिन्छ ।'


Advertisment
Nabil box
Kumari

अनुसन्धान क्षेत्रका वैज्ञानिकको सोच र अर्काको नक्कल गर्ने परिपाटी बढ्दै जाँदा नेपालले कृषि क्षेत्रमा अघि बढ्न नसकेको उनको भनाइ थियो । 

Vianet communication
Laxmi Bank

हाल नेपालमा ६६ प्रतिशत किसान कृषिमा आधारित रहेको उनले जानकारी दिए । विगतमा सरकारले कृषि उत्पादनका लागि छुट्याएको जमिन हाल अधिग्रहण हुँदै जानु र सम्बन्धित निकायले त्यसतर्फ ध्यान नदिनु यस क्षेत्रको समस्या भएको उनले बताए । कृषि क्षेत्रमा कार्यरत सरकारी निकायले समग्र कृषि क्षेत्रको विषय उठानभन्दा पनि सरकारसँग बजेटको मात्रै माग गरेको उनको आरोप थियो । उनले भने, 'नेपालमा किसान कृषिका धेरै क्षेत्र संलग्न भए पनि देश कुखुरा र अण्डाको आपूर्तिमा मात्र आत्मनिर्भर बन्न सफल भएको छ ।' 

देश अहिले खसीबोका उत्पादनमा ७० प्रतिशत र पाडा उत्पादनमा ९० प्रतिशत आत्मनिर्भर भएकामा आगामी दुई वर्षमा शतप्रतिशत आत्मनिर्भर बनाउने मन्त्रालयलको योजना रहेको उनले जानकारी दिए । 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव महेशकुमार अधिकारीले प्रतिष्ठानले कृषिका लागि आवश्यक औजार, बाली, बीउबिजनलगायत क्षेत्रमा अध्ययन र अनुसन्धान गरिरहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x