×

NMB BANK
NIC ASIA

भाषा बिगारेकोमा ओलीको टिप्पणी : हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैनन् !

असार ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको कार्यशैलीदेखि सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिप्रति असन्तुष्टि जनाएका छन् ।

Muktinath Bank

सिंहदबारमा मंगलवार पत्रकार सम्मेलनको आयोजना गरी ओलीले प्रमुख प्रतिपक्षी दल, सामाजिक सञ्जाल प्रयोगकर्ता र बुद्धिजीवीमा मूल्य मान्यतामा ह्रास आएको टिप्पणी गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सञ्चारजगतलाई म भन्न चाहन्छु, सञ्चार लोकतन्त्रको पिल्लर हो, त्यसकारण चौथो अंग भनिन्छ । आज हामी संक्रमणकालीन अवस्थामा छौं । मिडिया पनि संक्रमणकालमा छ । फेसबुकको सञ्चालकले फेसबूक पैदा गरेर गल्ती गरे यसै भनेको होइन,’ ओलीले भने, ‘हामीले मूल्य–मान्यता सभ्यता बिर्संदै गएका छौं । हाम्रा टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन । तपाईं भन्ने नेपाली भाषाको शव्द हराइसक्यो ।’


Advertisment
Nabil box
Kumari

बाउ, आमा र हजुरआमालाई समेत तिमी भन्ने कुरा नेपाली भाषा, सभ्यताभित्र नपर्ने ओलीले टिप्पणी गरे । ‘सामाजिक सञ्जालको अवस्था के छ ? सामाजिक सञ्जाललाई बुइ थापेर स्थापित सञ्चारमाध्यमहरू पनि तिनलाई फलो गर्नतर्फ हो भने हामी कस्तो समाज सिर्जना गर्छाैं ?’ ओलीले भने, ‘मैले केही आफूलाई विद्वान भन्नेहरूले बोलेको सुनेको छु, बोलेको सुन्दा सभ्यताका सीमा हुन्छन्, संस्कृतिको रक्षा भन्ने शव्द बोलेको हुन्छ तर त्यहाँभित्र अमर्यादा, अभद्रता र सांस्कृतिक मूल्यको अभाव देखिएको हुन्छ । यो समाजमा म मात्र बाँच्नुपर्ने होइन, मैले मात्र भविष्यको परिणाम व्यहोर्नुपर्ने होइन । हामी सबै परिवारमा समाजमा बाँच्नुपर्छ ।’ 

Vianet communication
Laxmi Bank

पत्रकार सम्मेलनको अन्तिममा उनले भने, ‘मलाई लाग्छ मैले यहाँभन्दा धेरै बोल्यो भने तपाईंहरूलाई के क्यारी गर्ने भन्ने समस्या होला, आजलाई यत्ति भनेर टुंगाउँछु । तपाईंहरूको भलो होस् !’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x