×

NMB BANK
NIC ASIA

पोखरी खनेपछि खैरहनीमा सिँचाइ प्रभावित

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

चितवन- राप्ती नगरपालिकामा निर्माण गरिएको पोखरीका कारण खैरहनी नगरपालिकाका कृषक प्रभावित बनेका छन् । राप्ती नगरपालिका–६ को राप्ती एकता मध्यवर्ती सामुदायिक वनभित्र निर्माण गरिएको भस्माडी तालका कारण खैरहनी नगरपालिका–१० का कृषक सिँचाइ गर्नबाट वञ्चित भएका हुन् ।

Muktinath Bank

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार २०५० सालअघि सो स्थानमा पोखरी रहेको थियो । उनले भने, 'त्यतिबेला आएको ठूलो बाढीका कारण पुरिएको पोखरीलाई पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले व्यवस्थित गरिएको हो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बरालका अनुसार एक करोड ६८ लाख लागतमा ४६ बिघा क्षेत्रफलमा पानीको मुहान क्षेत्रलाई व्यवस्थापन गरी ताल बनाइएको छ । यसको निर्माणमा प्रदेश सरकारको ५०, समुदायको ३० र राप्ती नगरपालिकाको २० प्रतिशत लगानी रहेको छ । 


Advertisment
Nabil box
Kumari

पोखरीले नभएर पानीको मूल फुटी नसकेकाले समस्या भएको बरालको भनाइ छ । पर्यटन प्रवर्द्धन गर्न पोखरी र खेती गर्न कुलो दुवै हुने गरी व्यवस्थापन गरिने उनले बताए । 

Vianet communication
Laxmi Bank

पोखरी निर्माण हुँदा कतिपय मूल पनि पुरिएको स्थानीयवासीको भनाइ छ । बाँध बनाएर पोखरी बनाइएको छ । बाँधबाट चलनचल्तीको कुलोमा पानी जान बन्द भएको छ । 

पोखरीको दक्षिणतर्फ हाल बनाइएको वैकल्पिक कुलो प्रयोगका हिसाबले अनुपयुक्त रहेको स्थानीय किसान बताउँछन् । बूढी राप्ती जल उपभोक्ता समितिका अध्यक्ष बामन महतोले ताल निर्माणले मूल पुरिएको र कुलो थुनिएको कारण सिँचाइमा समस्या परेको बताए ।

महतोका अनुसार त्यस कुलोको पानीबाट १०५ हेक्टर जमिन सिञ्चित हुने गरेको छ । पानी बन्द हुँदा कृषकलाई मर्का परेको उनले बताए ।

खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले पोखरीको बाँधले कुलो थुनिएकाले किसानलाई समस्या परेको विषयमा आफू जानकार रहेको बताए । पोखरी पनि बन्ने, किसानको सिँचाइको समस्या पनि टर्ने गरी उपायको खोजी गर्ने काम भइरहेको चौधरीको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x