×

NMB BANK
NIC ASIA

सरकारी सम्पत्तिमा गिद्देदृष्टि

गुठीमा नेकपाको कुदृष्टि : जग्गा कब्जा गरेर बन्यो पार्टी कार्यालय, सरकारी संरक्षण

असार ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – गुठी संस्थानको स्वामित्वमा रहेको जग्गा कब्जा गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) धनुषाले अनाधिकृत रुपले भवन बनाएर पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ ।

Muktinath Bank

जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गुठी संस्थानको स्वामित्वमा रहेको जग्गामा नेकपा धनुषाको पार्टी कार्यालय रहेको छ । जमिन सरकारी स्वामित्वको गुठी संस्थानको भएपनि अनाधिकृत रुपले नेकपाले जग्गा ओगटेर भवन बनाई पार्टी कार्यालय सञ्चालन गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विगतमा माओवादी केन्द्र हुँदा पार्टीका तत्कालीन कार्यवाहक अध्यक्ष झल्खु यादवको नेतृत्वमा गुठी संस्थानको सार्वजनिक जग्गा कब्जा गरेर माटो भराउनेदेखि भवन निर्माणको काम भएको थियो । भवनको नाम ‘शहीद स्मृति भवन’ भनेर तत्कालीन माओवादी केन्द्रले नामकरण गरेको थियो । साविकको नेकपा एमाले र नेकपा माओवादीबीच एकीकरण भएर नेकपा बनेपछि नेकपाको जिल्ला पार्टी कार्यालय शहीद स्मृति भवनमै राखिएको छ ।


Advertisment
Nabil box
Kumari

तत्कालीन अवस्थामा माओवादीका धनुषा जिल्लाका कार्यवाहक अध्यक्ष रहेका झल्खु यादवले भने, ‘२०७३ सालमा हामीले गुठी संस्थानलाई एउटा पत्र लेखेर नै पार्टी कार्यालयको भवन निर्माणका लागि जग्गा उपलब्ध गराइदिनुपर्‍यो भन्ने कुराको औपचारिक  रुपमा लिखित निवेदन नै दिएर माटो भर्ने काम शुरू गरेका थियौं ।’ जग्गा करीब साढे २ देखि ३ कट्ठासम्म रहेको उनले बताए । २०६४ सालमा राष्ट्रिय पार्टीलाई कार्यालय स्थापना गर्न सरकारी जग्गा उपलब्ध गराउने नीति अनुसार नै जग्गा लिइएको यादवले बताए ।

Vianet communication
Laxmi Bank

‘हालसम्म जग्गा वैधानिक तरिकाले प्राप्त गर्न नसकिएको भएपनि त्यसको प्रक्रियामा अगाडि बढेका छौं,’ यादवले लोकान्तरसँग भने, ‘जग्गा कब्जा गर्नेभन्दा पनि भू–बहाल तिर्नुपरे तिर्ने वा रजिस्ट्रेसन गराउनु परे रजिस्ट्रेसन नै गराउने प्रक्रियामा हामी जानेछौं ।’ नेकपा नेतृत्वको सरकारले निजी र सार्वजनिक गुठीलाई सरकारीकरण गर्ने गरी विधेयक ल्याएको सन्दर्भमा नेकपाले पहिल्यैदेखि गुठीको जग्गामाथि कुदुष्टि राख्दै कब्जा गर्ने गरेको पाइएको छ ।

गुठीको जग्गा किनेर नेकपाको प्रदेश कार्यालय

जनकपुरधाम उपमहानगरपालिका–४ मा ६ कट्ठा जमिनमा नेकपाको प्रदेश कार्यालय स्थापना गरिएको छ । ‘मिथिला भवन’ नाम रहेको कार्यालयमा विगतमा नेकपा एमालेको जिल्ला पार्टी कार्यालय थियो । जग्गा पनि विगतमा गुठी संस्थानकै स्वामित्वमा रहेको थियो तर एमालेले जग्गा किनेर मिथिला भवनको नाममा स्वामित्व परिवर्तन गराएर वैधानिक तरिकाले नै भोगचलन गर्दै आएको छ ।

प्रदेशसभा सदस्य शत्रुघन महतोका अनुसार २०५३ सालमा जग्गा खरिदको प्रक्रिया अगाडि बढेको थियो । नेता रामचन्द्र झा नेकपा एमालेको जिल्ला सचिव हुँदा ६० हजार रुपैयाँ प्रतिकट्ठाको दरले ४ लाख रुपैयाँमा गुठी संस्थानबाट जग्गा किनिएको थियो ।

सत्तारुढ नेकपाले नै गुठीको जग्गा कब्जा वा किनेर प्रयोग गरिरहेका यी उदाहरण हुन् । धनुषा जिल्लामा रहेको गुठी संस्थान र अन्य गुठीको बहुमुल्य जग्गा व्यक्ति, संघसंस्था, सरकारी कार्यालयले अतिक्रमण गरेका छन् भने कतिपयले किनेका नै छन् । 

गुठी संस्थानको लापरवाहीका कारण सयौं बिघा सरकारी जमिन अतिक्रमण भएको छ । सरकारी निकाय गुठी संस्थान शाखा कार्यालय जनकपुरधाम अन्तर्गतका जनकपुरधाम शहरसहित धनुषा जिल्लाभरकै बहुमुल्य सयौं बिघा जग्गा अतिक्रमण गरेर घर बनाई बसोबास गर्दै आएका छन् । 

विक्रम संवत् १९८३ सालको नापी लगत अनुसार गुठी संस्थान अन्तर्गत ६ हजार १ सय २९ बिघा २ कठ्ठा १० धुर २ कन जमिन थियो तर अहिले त्यति जमिन संस्थानसँग छैन ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरले उपलब्ध गराएको तथ्यांक अनुसार हाल धनुषामा गुठी अधिनस्थ ७ सय १२ बिघा १ कठ्ठा १२ धुर जग्गा रहेको छ । गुठी तैनाथी अन्तर्गत १ हजार ७ सय ४३ बिघा १० कठ्ठा १३ धुर र गुठी रैतान नम्बरी अन्तर्गत ३ हजार ६ सय ७३ बिघा १० कठ्ठा ४ धुर जग्गा रहेको छ । गुठी संस्थानले मोही बन्दोबस्ती गरेका जग्गालाई गुठी अधिनस्थ भनेका छन् भने कुनै प्रकारको मोही नलाग्ने जमिनलाई गुठी तैनाथी जमिन भनिन्छ । व्यक्तिको स्वामित्वमा गएको जमिनलाई गुठी रैतान नम्बरी भनिन्छ ।

गुठी संस्थानले अधिनस्थ र तैनाथी दुवै किसिमका जग्गाबाट व्यक्ति र सार्वजनिक संघसंस्था तथा सरकारी कार्यालयलाई रैतान नम्बरीमा पनि परिणत गरिदिएको छ । ‘गुठी तैनाथी जग्गामा घर बनाई बसोबास गरिरहेका व्यक्तिबाट दोब्बर दस्तुर लिएर कानूनसम्मत नै रैतान नम्बरीमा स्वामित्व परिणत गरिएको छ,’ गुठी संस्थानका प्रशासन फाँट प्रमुख रविन्द्रकुमार राईले भने, ‘कतिपय मोहियानी हक लागेको जग्गा समेत मोहीवालाको नाममा कानूनसम्मत नै जग्गाको स्वामित्व हस्तान्तरण गरेर रैतान नम्बरी गरिएको हो ।’

दाताले दान गरेर दिएका ती जग्गा जमिनको सरकारी गुठी संस्थानले संरक्षण गर्न नसक्दा भूमाफिया तथा केही मठ मन्दिरका महन्थको आर्थिक चलखेलका कारण चलनचल्तीमा खर्बाैं मुल्य पर्ने जग्गा अतिक्रमणको चपेटामा परेको छ । सरकारी संयन्त्र नै गुठीको जग्गा संरक्षणमा असफल देखिएको छ ।

संस्थानका अनुसार सरकारी राज गुठी अन्तर्गत राम मन्दिर, रत्न सागर मन्दिर, जानकी मन्दिर, लक्ष्मण मन्दिर, कुवा मठ, राम जानकी भगवान् बेला कुटी स्थान, धनौजी मठ, सुगामधुकरही मठ, सीता कुण्ड, तरही मठ, दशरथ मन्दिर लगायतका स्थानमा ३५ बिघा जग्गामा कतिपयले अनाधिकृत रुपले अतिक्रमण गरेर घर जग्गा बनाई बसोबास गर्दै आएको छ । 

गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रमुख मनोजकुमार शर्माका अनुसार गुठीको ती जग्गामा अनाधिकृत रुपले अतिक्रमण गरेर घर टहरा बनाई बसोबास गरेको व्यहोरा गुठी संस्थान प्रधान कार्यालय काठमाडौंलाई पनि पटक–पटक पत्रमार्फत जानकारी गराइएको छ । ‘स्थानीय प्रहरी, प्रशासन समेतलाई ती अनाधिकृत अतिक्रमण हटाई दिनका लागि पटक–पटक पत्रमार्फत अनुरोध समेत गरेका छौं,’ शर्माले लोकान्तरसँग भने, ‘तर ती निकायबाट सहयोग प्राप्त हुन सकेको छैन ।’ गुठीको जग्गा अतिक्रमणबारे मौन बसेर सरकारले अतिक्रमणलाई संरक्षण गरिरहेको छ ।

गुठी संस्थानसँग पर्याप्त जनशक्ति पनि नरहेको तथा अतिक्रमणकारीका घरटहरा भत्काउन माथिबाटै निर्देशन भए मात्र सम्भव हुने भएकाले पनि अतिक्रमण मुक्त हुन नसकेको उनले बताए ।

‘गुठी ऐन बन्नुभन्दा पहिले मठ मन्दिरका महन्थलाई ती गुठीको जग्गालाई संरक्षण गर्न तथा मन्दिरमा पूजाआजा गर्न, भगवान्लाई भोगराग लगाउन जग्गा जमिनलाई बन्दोबस्ती गर्ने अधिकार समेत प्रदान गरिएको थियो,’ गुठी संस्थान शाखा कार्यालय जनकपुरका प्रशासन फाँट प्रमुख नायव सुब्बा रविन्द्रकुमार राईले भने, ‘त्यतिबेला नै कतिपय मठ मन्दिरका महन्थले सार्बजनिक जग्गा बेचबिखन गरेका हुन् ।’ 

तर गुठी ऐन बनेपछि महन्थबाट अधिकार खोसिएर गुठी संस्थानमा आएको थियो । त्यसपछि पनि गुठी संस्थानले आफ्नै मातहतको जग्गालाई अतिक्रमण हुनबाट रोक्न असफल रह्यो । राजनीतिक पहुँचका आधारमा संस्थानले जग्गा बेच्ने समेत गरेको छ । जग्गा अतिक्रमण हुनुमा गुठी संस्थानका प्रशासक, प्रहरी, राजनीतिक नेता सबैको मिलेमतो रहेको स्थानीय बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x