×

NMB BANK
NIC ASIA

जाजरकोटमा बन्ने भयो आधुनिक अस्पताल

असार ४, २०७६

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

जाजरकोट- भौतिक पूर्वाधारको अभावमा चिरापरेको भवनमा सेवा दिँदै आएको जाजरकोट अस्पताल अब आधुनिक बन्ने भएको छ ।

Muktinath Bank

अस्पताल निर्माणका लागि विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भएपछि करीब ३३ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माणका  लागि सुर्खेतस्थित शहरी विकास मन्त्रालयको सङ्घीय आयोजना कार्यान्वयन एकाइले जिल्ला अस्पतालको भवनसहित अन्य पूर्वाधार निर्माणका लागि गत सोमबार बोलपत्र आह्वान गरेको थियो । विसं २०३३ मा निर्माण गरिएको जीर्ण भवनमा अस्पतालले सेवा दिइरहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नयाँ भवन निर्माण हुँदा सेवा अवरुद्ध नहोस् भनेर कर्णाली प्रदेश सरकारले वैकल्पिक भवन निर्माणका लागि चालु आर्थिक वर्षमा ४९ लाख उपलब्ध गराएकाले निर्माण कार्य जारी रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मशिला बस्नेतले जानकारी दिए । भवन अभावका कारण ५० शय्याको उक्त अस्पतालले  मुस्किलले २५ शय्याको मात्र सेवा उपलब्ध गराउँदै आएको थियो । 


Advertisment
Nabil box
Kumari

अब नयाँ भवन निर्माण र अहिले बन्दै गरेको भवन निर्माण कार्य पूरा भएमा सेवा प्रवाह सजिलो हुने मात्र होेइन बिरामी राख्नसमेत सहज हुने देखिएको अध्यक्ष बस्नेतले बताए । 

Vianet communication
Laxmi Bank

जाजरकोट, रुकुम र डोल्पा जिल्लाका बासिन्दाको उक्त अस्पतालमा भीड लाग्ने गरेको छ । यसअअघि निर्माण व्यवसायीले निर्माण गर्दा बीचमै छाडेर लथालिङ्ग बनाएका अस्पातलको प्रसूतिगृहलगायत भवनहरु अहिले अस्पतालकै पहलमा निर्माण गर्न लागिएको छ । एक महिनाअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले यहाँ आधुनिक अस्पताल निर्माण गरिने प्रतिवद्धता जनाएका थिए । 

त्यसैगरी जिल्लाका दल्ली, छेडागाड, गर्खाकोटमा समेत स्वास्थ्य चौकी भवन निर्माणका लागि काम भइरहेको उनले जानकारी दिएका थिए । क्षमता विस्तारसँगै नयाँ उपकरण र चिकित्सकहरूको व्यवस्थापन भएसँगै उक्त अस्पतालको स्वरूप परिवर्तन भएको छ । त्यस्तै भेरी नगरपालिकाको सहयोगमा आधुनिक लेखा तथा व्यवस्थापन उपकरण उपलब्ध भएपछि अस्पतालमा हुँदै आएका आर्थिक अनियमितता नियन्त्रण भएको छ । 

यसै वर्षदेखि जाजरकोटमा बहुप्राविधिक शिक्षालयमार्फत स्वास्थ्य क्षेत्रका विभिन्न कक्षा सञ्चालन गरिने भएको छ । जाजरकोट अस्पतालको समन्वय र सहकार्यमा सो शिक्षालय स्थापना भएको हो । अहिले बर्खायाममा जिल्लाका कुनै पनि स्वास्थ्यकर्मीको सरूवा, काज सरूवाजस्ता क्रियाकलाप बन्द गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x